१८ लाख नक्कली नोटसहित रौतहटमा एकजना पक्राउ
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १५:२५:४६
१९ पुस, रौतहट । रौतहट प्रहरीले झण्डै १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित पक्राउ गरेको हो ।
पटेल चोकमा सवारी चेकजाँचको क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
जयसवालको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसअघि पनि प्रहरीले शिवनगर मेलाबाट भारतीय नोट सहित चार जना, गरुडा नगरपालिका ४ बाट १ हजार दरका ७ थान नक्कली नोटसहित ३ जना र बालचनपुरबाट १ हजार दरको २० थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार