व्यापारीलाई धम्क्याउँदै पैसा माग्ने पक्राउ
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १५:४८:३९
♦ सञ्जय मिश्रा
१९ पुस, रौतहट । रौतहटस्थित व्यापारीलाई पटकपटक फोनमार्फत् धम्क्याएर रंगदारी टेक्स रकम माग गर्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले व्यापारी धम्क्याउने अभियोगी फतुवा बिजयपुर नगरपालिका–८ का कलवारलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
पक्राउ परेका ३४ वर्षीय कलवारले एनसेलको नम्बर ९८०१५७७५१० बाट व्यापारीको मोबाइल फोनमा गत पुस १० गते देखि १८ गतेसम्म पटक पटक फोन गरेर व्यापारी र उनको छोरा छोरीलाई ज्यान मार्ने धम्की दिएर ५ लाखदेखि ५० लाख रूपैयाँ माग गरेको उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
घटनाबारे पीडितले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गरेर उक्त नम्बरको मोबाइल प्रयोगकर्ता अभियुक्त कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहर नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन् ।
पीडित व्यापारीको नाम खुलाउँदा उनको सुरक्षामा असर पर्न सक्ने भएकाले गोप्य राखिएको प्रवक्ता गिरीले बताइन् ।
आपराधिक कार्यहरुलाई निष्तेज पार्न नागरिकबाट आएको सूचनालाई गोप्य राख्दै अनुसन्धानबाट कलवारलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।
आपराधिक लाभ मुद्दाको कसुर दफा २१ को उपदफा ३५३ अनुसार ७ वर्ष कैद र ७० हजार जरिबानाको प्रावधान रहेको कानुन व्यवसायीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार