गोलबजार नगरपालिकाले कृषि विद्युत् महसुल बुझाइदिएपछि किसान हर्षित
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १६:४५:३
♦ मुकेश कुमार यादव
१९ पुस, सिरहा । गोलबजार नगरपालिकाले कृषि विद्युत् महशुल अनुदान कार्यक्रमअन्तर्गत किसानले प्रयोग गरेको करिब आठ लाख रुपैयाँ बराबरको महसुल विद्युत् प्राधिकरणलाई बुझाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षमा बिहीबार एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्मालाई सात लाख ९७ हजार छ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कृषि विद्युतको महसुल बुझाएपछि स्थानीय किसान हर्षित भएका छ्न्। वडा नम्वर १ भने लहान वितरणकेन्द्रले हेर्ने भएकाले त्यसकालागि ५० हजार निकासा भएको कृषि शाखा अधिकृत विरेन्द्र यादवले जानाए।
भुक्तानी भएको रकम साउनदेखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले बताए । अहिलेसम्म आएका निवेदनका आधारमा र साउनसम्म भुक्तानी गरिसकेका किसानहरुको विद्युत् महसुल बुझाएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए। उनले भने, 'अबको दिनमा नियमित आउने निवेदनहरुमा समेत आवश्यक छानबिन गरी थप्दै जानेछौँ।'
पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणिकरण गरेको भएपनि लेखा र प्रशासकिय प्रमुख नियमित नहुदा भुक्तानीमा ढिलाई भएको नगर प्रमुख श्रेष्ठले बताए। उनले भने, ‘नगरपालिकाले कार्यविधि पास गरिसकेको भएपनि लेखाका कर्मचारी नहुदा धेरै कामहरु नियमित रुपमा हुन सकिरहेको थिएन अव सवै कामहरु सहज ढङ्गले हुने छ। यो पनि कर्मचारी अभावकै कारण ढीलाई हुन गएको हो।’
हालसम्म नगरपालिकामा परेको एक हजार दुई सय ३५ निवेदन मध्येय १७ वटा अन्य मिटर र १२ वटाको आवश्यक कागजात नपुगेकाले एक हजार एक सय ४३ किसानको विद्युत महशुल भुक्तानी भएको कृषि शाखा अधिकृत यादवले बताए।
मिर्चैया वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्माले सानै भएपनि किसानहरुले प्रत्यक्ष लाभ पाएको बताए। उनले भने, ‘यस वर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानहरुले भुमिगत सिंञ्चाईको सहयोगमा खेतिपाती गरे। यस्तो वेलामा नगरले विद्युत महशुल तिरेर किसानकोलागि घाउमा मलहम पट्टी लगाएजस्तो भएको छ।’
प्रमुख शर्माले थपे, 'नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर रहेको बताए। उनले आगामी दिनहरुमा बाँकी किसानहरुलाई पनि यस योजनामा समेट्न आग्रह गरे। चेक हस्तान्तरण कार्यक्रममा उपप्रमुख मानती साह, प्रशासकिय अधिकृत श्रीधर केसी, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार