सामुदायिक विकास परियोजना अन्तर्गत भारतले २० करोडसम्म खर्च गर्न सक्ने सम्झौतामा हस्ताक्षर
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १७:१:३६
१९ पुस, काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई दिँदै आएको सामुदायिक विकास परियोजना ( एचआइसिडिपी) अन्तर्गत अब सिधै २० करोडसम्म खर्च गर्न मिल्ने गरि बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालस्थित भारतीय दूतावासले परियोजनामा सिधै खर्च गर्ने रकम बढाएर २० करोड पुर्याइएको हो ।
भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्याउने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका छन् ।
नेपालका परराष्ट्र मन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । यसअघि भारतीय दूतावासले एचआइसिडिपी अन्तर्गत पाँच करोडसम्म सिधै परियोजनामा खर्च गर्न पाउने नियम थियो । भारतले यो रकम नेपालस्थित भारतीय दूतावासमार्फत् सिधै खर्च गर्न पाउँछ । परियोजनाहरू आफैं छनौट र तिनको कार्यान्वयन पनि आफैं गर्नेछ ।
मन्त्रिपरिषदको गत मंसिर २१ को बैठकले एचआइसिडिपी अन्तर्गतको सहयोग स्वीकार गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले मंसिरमा सैद्धान्तिक सहमति दिएपछि भारतले सहयोगको प्रस्ताव गरेको थियो । सुरूमा भारतले २४ करोड रूपैयाँ सहयोग गर्ने प्रस्ताव गरे पनि नेपालका प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीले परामर्श गरेपछि अहिले २० करोड रूपैयाँ स्वीकार गर्ने सहमति बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूतमा सिफारिस नेपालीको सुनुवाइ सकियो
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूतमा सिफारिस नेपालीको सुनुवाइ सकियो
पुष १४, २०८१ आइतबार
कोटेश्वरबाट पेस्तोलसहित युवक पक्राउ
पुष १४, २०८१ आइतबार
फेवातालमा ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु [ फोटो फिचर ]
पुष १४, २०८१ आइतबार
जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
पुष १४, २०८१ आइतबार
सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
पुष १४, २०८१ आइतबार