भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथको दर्शन, आजै स्वदेश फर्कदै
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १०:५८:१३
१९ पुस, काठमाडाैं । भारतीय विदेशमन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका विदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गरेका हुन । उनी आजै स्वदेश फर्कदैछन ।
हिजो बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका विदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको थियो भने अपरान्ह १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका थिए ।
दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटवार्ता गरेका जयशंकरले नेपाल भारत बीच उर्जालगायत विषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए । जुन सम्झौता पछि नेपालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सुनिश्चितता कायम गरेको थियो भने अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको स्वकृतिमा २० करोडसम्म भारतले सहयोग उपलब्ध गराउने सम्झौता गरिएको थियो ।
सो सम्झौता पछि विदेश मन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटवार्ता गरेका थिए । जसअनुसार होटल द्दारिकामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको भेटवार्ता भएको थियो भने सोल्टी होटलमा आयोजित रात्री भोजमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित मधेस केन्द्रित दलका शीर्ष नेतासँग सामूहिक भेटवार्ता गरेका थिए ।
साँझ ६ः१५ देखी सोल्टी होटलमा विदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्री भोजमा सहभागी भएका विदेश मन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गरेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार