यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को-को परे ?
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार ११:१५:५०
२० पुस, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप क्रिकेटमा भाग लिने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार देव खनालको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।
नेपाली टिममा सिनियर टिममा शानदार प्रदर्शन गरिरहेका अलराउण्डर् गुलशन झालाई पनि समावेश गरिएको छ । गुलशन झाले यसअघि यू-१९ एशिया कप पनि खेलेका थिए तर सो प्रतियोगितामा उनले खासै राम्रो खेल्न भने सकेका थिएनन् ।
नेपाली टिममा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपाल समुह डी मा रहेको छ । नेपाल समुह डी मा पाकिस्तान, न्यूजील्याण्ड र अफगानिस्तानसँग रहेको छ । नेपालको पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने तेस्रो खेल अफगानिस्तानसँग जनवरी २७ मा खेल्ने तालिका रहेको छ । यस यू-१९ विश्वकपमा १६ देशले भाग लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार