प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्ने सरकारको तयारी, योग्य उम्मेदवार खोज्न दरखास्त आह्वान
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार ११:३७:४५
२० पुस, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न सरकारले दरखास्त आह्वान गरेको हो । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने र विश्वविद्यालयमा दलीय भागबन्डा नगर्ने प्रतिबद्धता जनाउँदै आएका थिए ।
उपकुलपति छनोटका लागि शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समितिसमेत गठन भएको छ । धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ । समितिले शुक्रबार सूचना जारी गर्दै उपकुलपतिमा दरखास्त दिनका लागि विभिन्न योग्यतासमेत सार्वजनिक गरेको छ ।
उपकुलपतिमा दरखास्त दिनका लागि स्नातकोत्तर र विद्यावारिधि तहका शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि तथा प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ । विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ । त्यस्तै ३ हजार शब्दसम्ममा विश्वविद्यालयसम्बन्धी सोचपत्र(भिजन पेपर), ५ हजार शब्दसम्म ४ वर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
कांग्रेस र एमाले डराउँदै हिँड्ने कि जनताको पक्षमा देखिने गरी काम गर्ने ?
पुष १३, २०८१ शनिबार