कलात्मक र व्यवसायिक दुवै फिल्म गर्न चाहन्छु : अभिनेता किरण श्रेष्ठ
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १२:२४:५१
२० पुस, काठमाडौं। नाटकबाट फिल्ममा आउने पछिल्लो नाम हो, किरण श्रेष्ठ । सङ्ख्याको हिसाबले तेह्र ९१३० नाटकमा अभिनय गरिसकेका मण्डला थिएटरका किरणले फिल्मतर्फको यात्रा सुरुआत गरेका छन् । चर्चित अभिनेता दयाहाङ राई विद्यार्थीको रुपमा चिनिएका किरणले ‘पर्खि बसें तिमीलाई’ मार्फत डेब्यु गर्न लागेका हुन् । माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ गते प्रदर्शन हुने फिल्ममा उनले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् ।
गुडलुकिङसँगै थियटरको रङ्गमञ्चमार्फत अभिनयमा निखारता ल्याउन उनले सातवर्ष लगाएका छन् । उनलाई उक्त बीचमा अभिनेता बन्ने अफर नआएको होइन तर उनले राम्रो टिम र समय पर्खिए । उनी एक वेब सिरिजमा अभिनय गर्ने तयारी गर्दै गर्दा निर्देशक दीपक श्रेष्ठले उनलाई अफर गरेका थिए । यो फिल्ममा किरणसँगै रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् ।
‘थियटरमा काम गरिरहेको थिएँ । आफ्नो कलाकारितालाई विश्वव्यापी बनाउने माध्यम फिल्म पनि हो । अफर आएपछि किन नगर्ने ? भन्ने लागेको हो', किरणले भने,‘दीपक सरकै पर्खी बसेँमार्फत राज दाइ (राज बल्लभ कोइराला) ले डेब्यु गर्नुभएको थियो । यहिँ नाम पाएपछि झनै उत्साहित भए ।'
उनलाई अभिनय सिकाउने गुरु दयाहाङको जगजगी बक्स अफिसमा छ । उनलाई नाटकबाट फिल्ममा आउने नयाँ पुस्ताको रुपमा हेर्न सकिन्छ । फिल्म र नाटकलाई फरक माध्यम भएकाले उनले दुवैमार्फत कलाकारिता देखाउन खोजेका छन् ।
‘यी दुई माध्यममा अभिनयको भेरिएसन फरक पक्कै छ । थिएटरमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिन्छ । फिल्ममा चाहिं रेकर्डेड हुन्छ । फिल्ममा इमोसनलाई निरन्तरता दिन मुस्किल पर्ने रहेछ’, किरणले अनुभव सुनाउदै भने,‘एउटा कलाकार भएपछि दुवैतर्फ काम गर्न सक्नुपर्छ भन्ने लगेर सुरु गरे । थियटर र फिल्म दुवैलाई निरन्तरता दिन्छु ।'
निर्देशक श्रेष्ठ उनै हुन् जसले ‘पर्खि बसें’बाट राजबल्लभसँगै युना उप्रेतीलाई ब्रेक दिएका थिए । यो फिल्मको कथा अहिलेको परिवेशसँग मिल्दो सामाजिक र प्रेम कथानक छ । उनले यसमा द्वन्द्व, रोमान्स, ड्रामा सबै पाउने बताए । केही समयको अन्तरालमा प्रेम कथामा आधारित फिल्म आएको छ ।
‘कसैको गल्तीबाट प्रेम सम्बन्धमा आउने खटपटको कथा यसको छ । यो समाजको प्रतिविम्ब पनि हो । यसमा युवापुस्तासँगै अभिभावकले पनि रिलेट गर्नुहुनेछ । किनकि हामी दुवैले एक अर्कालाई बुझ्नु जरुरी छ’, किरणले भने ।
उनी आफूमा हिरोरिजम र कलाकारिता दुवै होस् भन्ने चाहन्छन् । त्यहीँ अनुसार उनले आफ्नो करिअरलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । समग्रमा उनी कलात्मक र व्यावसायिक दुवै फिल्ममार्फत कलाकारिता देखाउने तयारीमा छन् ।
‘स्टार र कलाकारको आफ्नै विशेषता छ । दुवैले आफ्नो कलाकारिता वा स्टारडममार्फत दर्शकको मन जितेका छन् । भारतमै हेर्ने हो भने दुवै गुण भएका अभिनेता छन् । म दुवै मेकर्सको रोजाईमा पर्ने गरि काम गर्न चाहन्छुु, किरणले भने । उनी ‘पर्खिबसें तिमीलाई’बाट आफ्नो अभिनय, नृत्य र लुक्सको प्रशंसाको अपेक्षा राख्छन् । वर्षमा कम्तीमा दुई नाटक र फिल्म गर्ने उनको योजना छ ।
निर्देशक श्रेष्ठ किरणसँगै रक्षा र अनिशाको भविष्य उज्वल देखन्छन् । ‘युवापुस्तामा पनि उस्तै डेडीकेसन पाए । उनीहरूले गरेको मेहनतले मलाई पुरानो समयको झल्को दियो । यी युवाहरूले प्रविधिको सहजतालाई ग्रहण गरेका छन्, त्यसको फाईदा लिनेमा उनीहरूको ध्यान छैन । अर्थात् मेहनती छन्', निर्देशक श्रेष्ठले भने ।
रोमन फिल्म र तपश्री फिल्म्स ९सिक्किम० को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।
यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार