चिसो बढ्न थालेपछि कैदीबन्दीलाई न्यानो कपडा
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १३:५६:४२
२० पुस, चितवन । चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरुसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । यस्तै चिसोले समस्या नहोस् भनेर आगो ताप्न दाउराको व्यवस्था गरिएको उनले बताए । कार्यालयले महिला कैदीबन्दीहरुलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गरेको जनाएको छ । महिला कैदीबन्दीसँग चार नाबालक रहेकाले उनीहरुलाई लक्षित गर्दै दाउराको व्यवस्था गरिएको हो ।
यस कार्यालयमा अहिले ४२ महिला र छ सय ६१ पुरुष कैदीबन्दी रहेका आचार्यले जानकारी दिए । उनका अनुसार अहिले यस कार्यालयमा क्षमताभन्दा झन्डै दुई सय बढी कैदीबन्दी रहेका छन् । चार सय ७५ पुरुषको र ३० जना महिलाको क्षमता रहेको आचार्यले बताए । यहाँ छिमेकी जिल्ला नवलपुर 'नवलपरासी–बर्दघाट सुस्ता पूर्व'बाट समेत कैदीबन्दी ल्याउने गरिएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार