शेखर पक्षका विद्याथीले मागे प्रधानमन्त्रीको राजीनामा
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १४:४०:४६
२० पुस, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाली विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै सडकमा प्रदर्शन गरेको छ । नेपाली बिद्यार्थी संघको कोइराला पक्षले प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।
नेविसंघले सरकारविरूद्ध मार्चपास गरेको छ । प्रचण्ड नेतृत्वको सरकारको राज्य आतंकविरूद्ध भन्दै नेविसंघले शुक्रबार मार्चपास गरेको हो । नेविसंघले केन्द्रीय समितिको आह्वानमा भएको मार्चपास अनामनगरदेखि सुरू भएर बालुवाटारतर्फ गएको हो । नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेकोले मार्चपास गरिएको बताए ।
सुन, एनसेललगायत भ्रष्टाचार प्रकरणमा जोडिएकालाई कारबाही नगरी आफूनिकट मान्छेको नाम आउँदा सरकार मौन बसेकोले खबरदारी गरेको विद्यार्थहरुले बताएका छन् । रोजगारी मागेका युवालाई बालकुमारीमा गोली हान्ने काम गरेकोले पनि हामीले प्रधानमन्त्रीको राजीनामा मागेको उनीहरुके भनाइ छ ।
उनीहरूले सत्तास्वार्थमा प्रचण्ड सरकार लिप्त भएको आरोपसमेत लगाएका छन् । कांग्रेसको संस्थापनइतर समूहनिकट नेविसंघले सरकारविरूद्ध मार्चपास गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार