कतै तपाईले पनि दाँत माझ्दा गल्ती गर्नु भएको त छैन ?
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १४:५५:१०
२० पुस, काठमाडाैं । तपाई हामी सबैले दाँत माझ्छौ । सबैलाई थाहा छ, दाँत स्वस्थ राख्न माझ्नुपर्छ । कहिले काही हामीले विचार गरेका छौ कि नाई ? दाँत सफा गर्दा गर्दै पनि किरा लाग्छ र अन्तिममा दाँत नै निकालेर फाल्नुपर्छ । किनकी हामीमध्ये धेरैले दाँत माझ्दा गल्ती गरिरहेका हुन्छौं ।
दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ भन्ने जानेकै छैनौं । तर संसारका धेरै देशमा भएका अनुसन्धानले अधिकांश मान्छेले गलत तरिकाले दाँत माझ्दा समस्या हुने गरेको देखाएको छ ।
दाँतमा समस्या आउने भनेको त्यहाँ जम्मा हुने फोहोरले हो । फोहोर भन्नाले ब्याक्टेरिया, तिनले निकाल्ने एसिड (अम्ल) र खानेकुराका लेग्रा हुन् । खानेकुरा खानेबित्तिकै यी सबै कुरा दाँतमा बस्छन् ।
तत्कालका लागि हानिकारक पनि हुँदैनन् । तर लामो समयसम्म यी सफा नभएर दाँतमा बसिरहे समस्या निम्त्याउँछन् । सामान्यतया १२ घन्टासम्म यसै छाडिए हानिकारक हुने अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनले देखाएको छ ।
मन्जनबिना दाँत माझ्न हुँदैन
मन्जन नराखी दाँत माझ्दा मुख ताजा नहुने, कीराले खाने सम्भावना हुने, फोहोर जम्मा हुने, मुख गन्हाउने, राम्रोसँग घर्षण नहुँदा गिजामा घोचेर घाउ हुने र रगत आउने समस्या देखिन्छ । त्यसैले मन्जबिना दाँत माझ्नु हुँदैन ।
मन्जनकाे भूमिका
मन्जनमा हुने मुख्यतया भूमिका क्याल्सियम, सोडियम र फ्लोराइडको हुन्छ । क्याल्सियमले दाँतलाई खनिज प्रदान गर्ने, सफा गर्ने र बलियो बनाउन मद्दत गर्छ । सोडियम फ्लोराइडले जमेको फोहोर हटाउनुका साथै दाँतमा कीरा लाग्न दिंदैन ।
मन्जन किन्दा के कुरामा ध्यान दिने ?
दाँतलाई फाइदा गर्ने धेरै तत्व भएका मन्जनहरु बजारमा छन् । तर त्यसमा सबैभन्दा प्रमुख क्याल्सियम र फ्लोराइड हो । त्यसैले मन्जन किन्दा फ्लोराइड र क्याल्सियम भएको हेरेर किन्नुपर्छ । दाँत कमजोर र झनझन् गर्ने समस्या भएका व्यक्तिका लागि बी सेन्सोडाइन मन्जन प्रयोग गर्नुपर्छ।
बालबालिकाको लागि ?
बच्चाको लागि फ्लोराइड कम भएको छुट्टै किसिमको मन्जन प्रयोग गर्नुपर्छ । किनकि बच्चाहरुले मन्जनलाई निल्न पनि सक्छन् । उनीहरुको शरीर फ्लोराइडलाई ग्रहण गर्ने किसिमले बनिसकेको हुँदैन । यस्ता मन्जन बजारमा सहजै पाउन सकिन्छ । त्यससँगै उनीहरुको मन्जनमा विभिन्न किसिमको फलफूल युक्त फ्लेभर पनि राखिएको हुन्छ ।
प्रयोग गर्ने तरिका
कतिपयले मन्जन ब्रसभरि हालेर माझ्ने गरेको पाइन्छ । यसरी माझ्दा दाँत अत्यन्त चम्किलो हुने धेरैमा भ्रम हुन्छ । मन्जन सधैं केराउको दानाको आकार जति मात्रामा मन्जन लिएर बिहान र बेलुकी दाँत माझ्नु अनिवार्य छ ।
हामीले दिनको दुईपटक, दिनमा र रातमा दाँत माझ्नुपर्छ । दिउँसोको तुलनामा राति हामीले कम मात्रामा थुक उत्पादन गर्छौं । थुकले हाम्रो दाँतको सुरक्षा गर्छ । कम थुक भएकै कारण राति हाम्रो दाँतको सुरक्षा पनि कम हुन्छ र अम्ल उत्पादन हुने जोखिम बढ्छ ।
दाँतमा भएका ब्याक्टेरिया हाम्रो जिब्रोमा पनि बसेका हुन्छन् । जिब्रोका ब्याक्टेरियाले पनि दाँत र मुखको स्वास्थ्यमा असर पार्छन् । जिब्रोका ब्याक्टेरिया सहजै हटाउन मुश्किल हुन्छ । त्यसैले जिब्रोमा पनि ब्रस लगाउनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
एमालेको राष्ट्रिय महिला भेला आजदेखि
जेठ १६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
आजको मौसम : 'रेमल' चक्रावतको आंशिक प्रभाव
जेठ १६, २०८१ बुधबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार