रितपुर्वक निवेदन नदिएर झोलामा खोला ओगटिरहेका १५ आयोजना पीपीएको रोलक्रम बाहिर
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १४:५८:७
२० पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)गर्ने रोलक्रमबाट १५ वटा आयोजनालाई हटाएको छ । तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ ।
आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन् । विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कूल क्षमता दुई सय १५ मेगावाट छ । प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो, एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन् । ती आयोजनालाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले छवटा आयोजनाको पीपीए प्रक्रियामा आउन आग्रह गरिएको छ । ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ ।
प्राधिकरणले आगामी १५ दिनभित्र प्राधिकरणका सम्पर्क राख्न सूचित गरेको छ । प्राधिकरणको २०७९ साल माघ २६ को नौ सय ३० औँ बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा छ हजार सात सय ५० मेगावाट नपुगेसम्म ग्रीड ‘कनेक्सन एग्रिमेन्ट’को रोलक्रमका आधारमा पीपीए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो ।
प्राधिकरणले २६ माघ २०७९ मा आओआरतर्फ अधिकतम सीमा ६ हजार ७५० मेगावाट नपुगेसम्म ग्रिड कनेक्सन एग्रिमेन्टको रोलक्रमका आधारमा आयोजनाको पीपीए गर्ने क्रममा यसको प्रक्रिया अगाडि बढ्न नसकेका आयोजनालाई सम्पर्कमा ल्याउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार १६ असोजमा ३५ दिने सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । सो अवधिमा पीपीएका लागि निवेदन नदिएका र कागज संलग्न गर्न नसकेका २१५.२२९ मेगावाट क्षमताका १५ वटा आरओआर आयोजनालाई पीपीएको रोलक्रमबाट हटाइएको छ ।
प्राधिकरणको १२ पुसमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसरी हटाइएका आयोजनामा अपर त्रिशूली २, चमेलिया, गच्र्याङखोला, लोअर तारा, मध्यसुनकोशी, ल्याङ्दी खोला, ताडी खोला, ढाड खोलालगायतका परियोजना छन् ।
प्राधिकरणले २१५ मेगावाट क्षमताका आयोजनालाई रोलक्रमबाट हटाएकोमा २२८.८५८ मेगावाट क्षमताका ६ वटा आयोजनालाई भने रोलक्रममा समावेश गरेको छ । प्राधिकरणका अनुसार यसरी समेटिएका ६ आयोजनामा संखुवाखोला, हङगु खोला, अप्सुवा खोला १, माथिल्लो अप्सुवा खोला, सुपर सेती र घुन्सा खोला रहेका छन् ।
ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको रोलक्रमका आधारमा यी आयोजनाको पीपीए प्रक्रिया अगाडी बढाइएको प्राधिकरणले जनाएको छ । यी आयोजनाले अब आवश्यक कागजात पुरा गरी प्राधिकरणमा सम्पर्क गर्नु पर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार