कुकुरले टोकेर खाद्यका २० वटा च्यांग्रा मार्यो, १४ घाइते
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १६:०:१४
२० पुस, काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको थापाथलीस्थित गोदाममा राखिएका २० वटा च्याङ्ग्रा कुकुरले टोकेर मारेको जनाइएको छ । बुधबार राती एक्कासी कुकुरको हुल गोदामभित्र छिरेर च्यांग्रा मारेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीले जनाएको छ ।
गोदामको च्याङ्ग्रा खोरमा बुधबार मध्यराति एकाएक कुकुरको समूह छिरेर जथाभावी रूपमा च्यांग्रालाई टोकेको हो । एक घण्टाभित्र २० वटा च्याङ्ग्रा मारेको र १४ वटालाई घाइते बनाएको खाद्यको भनाइ छ । गोदाममा ४७ वटा च्याङ्ग्रा थिए । तिनमा १३ वटा च्यांग्रा घाइते भेटिएको खाध्यको भनाइ छ ।
दसैंलाई भनेर कम्पनीले रसुवाबाट ल्याएका यी च्याङ्ग्रा तिहार र छठमा समेत नबिकेर यत्तिकै राखिएका थिए । पटकपटक मूल्य घटाउँदा पनि नबिकेका यी च्यांग्रा अहिले कुकुरको सिकार बनेका हुन् । खाद्यको सीसीटीभी हेर्दा बेलुका राम्रैसँग घाँसपानी खाएका च्यांग्रालाई रातिमा कुकुरले आक्रमण गरेको देखिन्छ, कुकुरको आक्रमणबाट २० च्याङ्ग्रा मरेको र १४ वटा घाइते भएको मुचुल्का खाद्यले बनाएको छ ।
१३ च्यांग्रा मात्र अब बाँकी छन् । च्यांग्राको तौल २५ देखि ३२ किलो छ । खाद्यले प्रतिकिलो ११ सय २५ रुपैयाँ मूल्य तोकेको थियो । यसअनुसार औसतमा २८ किलोका दरले खाद्यलाई करिब १५ लाख नोक्सानी हुने देखिन्छ । खाद्यले गत दसैंका लागि २ हजार २ सय १२ वटा खसीबोका र च्यांग्रा उपत्यका ल्याएको जनाएको छ । तीमध्ये रसुवाबाट ल्याइएका ५ सय ४२ वटा च्याङ्ग्रा बाँकी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार