चित्रामा शैली परिवर्तन गरेको छु, यसमा मित्रता र पारिवारिक कथा छ : निर्देशक लामिछाने
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १६:२:४२
२० पुस, काठमाडौं । निर्देशक घनश्याम लामिछानेले फिल्म 'चित्रा'लाई बाबुछोरीको सम्बन्धको सिनेमाका रुपमा मात्र बुझ्न नहुने बताएका छन्। बिहीबार भएको पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो सिनेमामा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए।
'बाबुछोरीको कुरा यो सिनेमामा एउटा बाटो हो यसका अलावा यसमा धेरै कुरा छन्', उनले भने। उनले चित्रालाई पूर्ण पारिवारिक सिनेमाका रुपमा बुझ्न आग्रह गरे।
सिनेमाबाट सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा सिनेमामा डेब्यू गर्दैछन्। उनले 'घर', 'आमा' लगायतका सिनेमामा सह-निर्माण गरिसकेका छन्। पत्रकारहरुले निर्देशक लामिछानेलाई अधिकारीलाई सिनेमामा खेलाउनुको कारण उनी निर्माता हुनु प्रमूख कारण हो भनी सोधेका थिए। निर्देशक लामिछानेले यसलाई अस्वीकार गरे।
लामिछानेले सन्तोषले स्क्रिप्टमा कुनै हस्तक्षेप नगरेको बताए। त्यसैगरी उनले सिनेमामा एन्टागोनिस्ट बनेका प्रमोद अग्रहरीको पात्रमा दर्शकले भिन्नसँगै विभिन्न रुपहरु देख्नसक्ने बताए। त्यस्तै कुरा अर्पण थापाको चरित्रमा पनि देख्न सकिने उनको भनाइ थियो।
'प्रमोदजीको क्यारेक्टर साँच्चिकै सप्राइजिङ छ। अर्पणजीको केसमा पनि त्यस्तै देख्नुहुनेछ', उनले भने। यसैगरी डेब्यू अभिनेता सन्तोषले आफू सिनेमामा पैसा डुबाउन नआएको र लगानी गरेको पैसा बजारबाट उठाउन सकिने देखेरै सिनेमा बनाएको बताए।
लगानी उठ्नेमा म विश्वस्त छु। लगानी उठ्नेमात्र होइन, मलाई यसमा गरेको लगानी उठाएरै अर्को सिनेमामा लगानी गर्छु। आज एउटा सिनेमा लगानी गर्छु अनि घर गएर सुत्छु भनेर आएकै हैन, ब्याक टु ब्याक सिनेमा बनाउँछु भनेर आएको हुँ, अधिकारीले भने।
यस्तै अभिनेता प्रमोद अग्रहरी सिनेमाबाट आशावादी देखिए। उनले ट्रेलर सार्वजनिक भएपछि मिलेको प्रतिक्रियाहरुबाट आफू थप आशावादी भएको बताए।
साक्षात्कारकै क्रममा निर्देशक घनश्याम लामिछानेले आफ्ना पछिल्ला सिनेमाहरु भन्दै शैलीका हिसाबले 'चित्रा' फरक हुने ठोकुवा गरे। मेरा पहिलेका सिनेमामा भन्दा यो व्यवसायिक धारमा छ। मैले मेरो शैली परिवर्तन गरेको छु। बजार हेरेर बुझेर बनाएकाले मेरो यो सिनेमाले व्यवसायिक पाटोलाई राम्रो सम्बोधन गर्ने मेरो विश्वास छु, उनले आत्मविश्वासका साथ भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार