जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १६:५९:१
२० पुस, काठमाडौं । काठमाडौं र अछामबाट जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ र विभिन्न ब्राण्डका मोबाइल १० थानसहित पक्राउ गरेको हो ।
अछामको मंगलसेन नगरपालिका-५ मंगलसेन बजारस्थित अर्जुन सिंह बिष्टको सिलाई कटाईको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय रमजान खाँ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ६ सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
साईकलसहित अबैध सालको काठ बरामद
असोज ९, २०८१ बुधबार
सुर्खेतबाट भरूवा बन्दुकसहित एक जना पक्राउ
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार