न्यायाधीश नियुक्तिमा बारको असहमति, न्याय परिषद सदस्य श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १२:६:२६
२१ पुस, काठमाडौं । न्यायाधीश नियुक्ति लगायतका नीतिगत कुरामा न्यायसंगत काम नगरेको भन्दै नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको बारको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल बार एसोसिएसनकी महासचिव अञ्जिता खनालले श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएकी छन् । उनले निर्णय सार्वजनिक गरिनसकेको भन्दै बारको अहित हुने गरी काम गरेकाले फिर्ता बोलाउने निर्णय भएको बताइन् ।
न्याय परिषदका सदस्य श्रेष्ठसँग बारले मुख्यतः तीन विषयमा छलफल गर्न खोजेको थियो । एक वर्षसम्मको कैद सजाय बापतको रकम तिरेर थुनामुक्त हुने अधिकार न्यायाधीशबाट खोसिनुका साथै पहिले एक वर्षसम्म कैद सजाय भएकोमा दफा १५५ को सुविधा भएकामा अहिले त्यसलाई संशोधन गरेर १ वर्षसम्म कैद सजाय हुने कसुर भन्ने शब्द प्रयोग हुनु, न्यायाधीशको मर्यादा क्रममा फेरबदल हुने सम्बन्धी व्यवस्थामा पनि श्रेष्ठले बारलाई जानकारी नदिनु र निर्णय प्रक्रियामा आफै सहभागी भएको विषय रहेका थिए ।
उच्च अदालतको न्यायाधीश नियुक्तिको मापदण्ड स्पष्ट नभएको, न्यायपरिषदमा व्यक्ति विशेषको स्वेच्छाचारिता मौलाई दादागिरी भएको बारको भनाइ छ । त्यसबाहेक कानुन व्यवसायीको संख्याका सम्बन्धमा पनि श्रेष्ठले प्रभावकारी भूमिका नखेलेको भन्दै बार रुष्ट बनेर छलफलका लागि बोलाएको थियो । तर, श्रेष्ठ गएनन् । उनी नगएपछि बारले फिर्ता बोलाउने निर्णय गरेको हो ।
न्याय परिषदका सदस्यलाई फिर्ता बोलाउन भने मिल्दैन । उनलाई हटाउन महाअभियोग लगाउनु पर्छ । नैतिक रूपमा दबाब दिन बारले फिर्ता बोलाउने निर्णय भएको हाे । न्याय परिषदका सदस्य श्रेष्ठ नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति पाएका व्यक्ति हुन् । २०७७ सालमा परिषदको सदस्य बनेका श्रेष्ठले बारसँग समन्वय नगरी निर्णय गर्ने गरेको र त्यसले कानुन व्यवसायीको अहित भएको भन्दै उनलाई फिर्ता बोलाउने निर्णय भएको हो ।
यसअघि नेपाल बार एशोसिएसनले बारको सिफारिसमा सदस्य बनेका श्रेष्ठलाई बिहीबार छलफलका लागि बोलाएको थियो । तर श्रेष्ठ बारमा नगएपछि बारले बैठक राखेर श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय लिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार