डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउने काम भयो, अब सरकारले हस्तक्षेप गर्छः अर्थमन्त्री
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १२:४३:५५
२१ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाएर थप समस्यामा पुर्याउने काम भएको बताएका छन् । उनले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको यो विवादमा सरकारले हस्तक्षेप गर्ने बताएका छन् । सरकार अब चुप लागेर बस्न नमिल्ने र विवाद मिलाउन अग्रसर हुने उनको भनाइ छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सरकारले चाँडै टुंगो लगाउने बताए । उनले विद्युत लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए । डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउन नहुनेमा जोड दिएका अर्थमन्त्री महतले भने, डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाएर लाने छुट कसैलाई छैन ।
अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेको समयमा डेडिकेटेड र ट्रंकलाइनको विवाद आउँदा धेरै उद्योगी व्यवसायीहरू मारमा परेको भन्दै यसले सरकारको राजश्वमा पनि प्रभाव पार्ने बताए । धरै उद्योगहरू नचल्दा त्यहाँका कामदारहरूमा पनि समस्या आउँछ, धेरै दिन राखेर कसैलाई पनि फाइदा छैन, अब सरकारले आवश्यक निर्णय लिनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार