माइतीघरबाट डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारी पक्राउ
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १३:१८:३६
२१ पुस, काठमाडौं । प्रहरीले माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसी सहित ७ अन्य अभियन्तालाई पक्राउ गरेको छ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् ।
मंसिर ५ गतेदेखि स्थानीय प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो। प्रहरीले त्यसबारेमा डा. केसीलाई जानकारी गराउँदै आन्दोलन नगर्न भनेको थियो। माइतीघर मण्डल हाल निषेधित क्षेत्र तोकिएपनि केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् ।
यसका साथै गेटामा भएको सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागबन्डाको अन्त्य गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्ने, सरकारी अस्पतालमा दरबन्दी थप गर्नुपर्ने र औषधि निः शुल्क गर्नुपर्ने माग उनले राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार