एमालेसित सहकार्य नगर्ने सत्ता पक्षको निर्णय, गठबन्धनभित्र सीट टुंगो लगाउन छुट्टाछुट्टै बैठक
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १३:५१:२९
२१ पुस, काठमाडौं । बालुवाटारमा बसेको सत्ता पक्षको बैठकले राष्ट्रिय सभा निर्वाचनमा प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको हो । अब सत्ता गठबन्धनभित्र राष्टियसभाको १९ सीटको भागबण्डा हुनेछ । यसका लागि आज दिउँसो ४ र साँझ ५ बजे गठबन्धनले छुट्टाछुट्टै बैठक बोलाएको छ ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रिय सभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ ।
बृहत लोकतान्त्रिक धारणाका साथ राष्ट्रिय सभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि अहिले सम्भव नभएको नेता लेखकले बताए । ‘अहिले प्रमुख प्रतिपक्षले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेको अवस्था भएको हुनाले सत्ता गठबन्धनले पनि गठबन्धनबाटै चुनाव लड्छ’, उनले भने ।
सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटका लागि शनिबार नै ४ बजे छलफल हुने भएको छ । दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने र त्यसपछि ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरू दलहरूको पनि छलफल हुने नेताहरूले बताएका छन् ।
११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरूले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । बिहानको बैठकमा कांग्रेसले १३ सीट दावी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार