श्रीराम मन्दिरमा १ करोडको सुनका खराउ दिने भक्त, जो ८ हजार किमी हिडेर अयोध्या पुग्दैछन्
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १०:२५:४५
पुस, काठमाडौं । अयोध्याको राम मन्दिर २२ जनवरीमा उद्घाटन हुँदैछ । यसअघि नै त्यहाँ भक्तजनको भीड आउन थालेको छ । यी भक्तमध्ये एक हुन्, हैदराबादका ६४ वर्षीय छल्ला श्रीनिवास शास्त्री। छल्ला श्रीनिवास भगवान रामको लागि सुनको खराउ बोकेर पैदलै अयोध्या प्रस्थान गरेका छन् ।
करिब ८ हजार किलोमिटर पैदल यात्रा गरेर उनी अयोध्या पुग्नेछन् । उनले रामका लागि ल्याएको खराउको मूल्य करिब ६५ लाख भारतीय रुपैयाँ 'एक करोड ४ लाख नेपाली रूपैयाँ' रहेको छ ।
शास्त्रीले भगवान रामको ‘वनवास निर्वासन’ चित्रण गर्दै पदयात्रा गर्दैछन्। उनले अयोध्या–रामेश्वरम रुट पछ्याइरहेका छन् । यसअघि उनले राम मन्दिरका लागि पाँच चाँदीको इँटा दान गरेका थिए । उनले २० जुलाइवाट पदयात्रा सुरु गरे र बाटोमा भगवान रामद्वारा स्थापित शिवलिङ्गमा पनि रोकिए ।
यात्राको क्रममा ओडिशाको पुरी, महाराष्ट्रको त्र्यम्बक र गुजरातको द्वारका जस्ता महत्वपूर्ण ठाउँहरू कभर गरेपछि शास्त्रीले आगामी १० दिनमा अयोध्या पुग्ने लक्ष्य राखेका छन्। यात्राको क्रममा उनले आफ्नो टाउकोमा पाँच धातुको खराउ बोकेका छन्, जुन उनी भगवान रामको मन्दिरसम्मको लागि बोकेर आउँदैछन्। यो खराउ पनि सुनले लेपिएको छ। अयोध्या पुगेर उनले यो खराउ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई हस्तान्तरण गर्ने योजना बनाएका छन् ।
छल्ला श्रीनिवास शास्त्रीले भने, ‘मेरो बुबाले अयोध्यामा कार सेवा मा भाग लिनुभएको थियो। उहाँ भगवान हनुमानका परम भक्त हुनुहुन्थ्यो। उहाँको चाहना थियो कि अयोध्यामा राम मन्दिर बनोस्। अब मेरो बुबा हुनुहुन्न। अब यो संसारमा छैन, तर मैले उनको इच्छा पूरा गर्ने निर्णय गरे।’
छल्ला श्रीनिवास शास्त्री केही कामका लागि बेलायत जानुपरेको थियो, जसका कारण उनले केही दिनको लागि आफ्नो यात्रा रोकिनुपर्यो तर भारत आएपछि उनले तमिलनाडुको त्यही ठाउँबाट यात्रा सुरु गरे जहाँ उनले छोडेका थिए । जनवरी ६ मा उनी अयोध्याबाट २७२ किलोमिटर टाढा उत्तर प्रदेशको चित्रकूट पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार