जापानको भुकम्पमा परी अझै २०० जना बेपत्ता, खोजी कार्य जारी
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १०:२७:५६
२२ पुस, टोकियो । जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण २ सय अझै बेपत्ता भएका छन् । सो भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।
राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् । अल जजीराका अनुसार अनुसार जापानले झण्डै ८ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ ।
भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन् । अधिकारीहरूले शनिबार भनेका छन् कि २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७।६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको छ ।
समाचार अनुसार वाजिमा सहरमा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको छ भने सुजुमा २३ जनाको मृत्यु भएको छ। प्रकोपको परिणाम स्वरूप ५०० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए, जसमध्ये कम्तीमा २७ गम्भीर घाइते भएका छन ।
खराब मौसमका कारण हजारौं उद्धारकर्मीको काम अवरुद्ध भएको छ । रिपोर्टका अनुसार इशिकावा क्षेत्रका करिब २३ हजार ८०० घर बिजुली र ६६ हजार ४०० भन्दा बढी घर पानीविहीन छन् । ३१,४०० भन्दा बढी मानिस ३५७ सरकारी आश्रयस्थलमा बसिरहेका छन् ।
वाजिमा निवासी हिरोयुकी हमातानीले भने, ‘नयाँ वर्षको दिनमा भूकम्प गएको बेला म आराम गरिरहेको थिएँ । मेरा सबै आफन्तहरू सँगै थिए र हामी रमाइलो गरिरहेका थियौं। तर एकैछिनमा सबै कुरा परिवर्तन भयो। घर खडा छ तर बस्न योग्य छैन। मेरो दिमागमा भविष्यको बारेमा सोच्ने ठाउँ छैन।’
गत हप्ताको भूकम्पमा मृत्यु हुनेको संख्या सन् २०१६ यताकै उच्च हो । सन् २०१६ मा दक्षिण पश्चिम जापानको कुमामोटोमा गएको भूकम्पमा २७६ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह
असोज ९, २०८१ बुधबार
प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण
असोज ९, २०८१ बुधबार
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार