अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १०:३१:४०
२२ पुस, काठमाडौं । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभुमी तिर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् ।
अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीति रिवाज अनुसार विशेष पूजा यही १७ जनवरी देखि प्रारम्भ हुंदैछ जुन द्दद्द जनवरीको प्राण प्रतिष्ठा हुँदैछ ।
यस प्राण प्रतिष्ठाको लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट एक जना विशेष पूजारीको रुपमा गौतमलाई आमन्त्रित गरिएको हो श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य गौतमलाई विशेष पूजाको लागि निम्तो गरिएको छ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले दुर्गा प्रसाद गौतमलाई १६ जनवरी देखि २२ जनवरीसम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गई रहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रह सहित निमन्त्रण पत्र पठाएका हुन ।
झापा जिल्ला मेचीनगर निवासी आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्री मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माण पछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको बताए ।
अयोध्याको यस प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो आएको छ। विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०–३५ वटा साधु संतहरूलाई अयोध्याबाट प्राण प्रतिष्ठामा समारोहमा निम्तो आएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार