जताजता दया उता उता मिरुना !
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १०:५५:२४
२२ पुस, काठमाडौं । ‘कबड्डी ४’मा पहिलो पल्ट जोडी भएर अभिनय गरेका दयाहाङ राई र मिरुना मगरलाई ‘जारी’को सफलताले बजारमा खोजिने जोडी बनायो । यसपछि त के थियो, निर्माता दया र मिरुनालाई फिल्मको ओइरो लागेको छ ।
अहिले बजारमा नाम सार्वजनिक भएको कम्तीमा आधा दर्जन फिल्ममा दया र मिरुनाले सँगै काम गर्दैछन् । जोडीकै रुपमा सबै फिल्ममा काम नगर्लान् तर दया र मिरुनाको उपस्थिति निर्माताका लागि बक्स अफिस ग्यारेन्टी हुन थालेको छ ।
अहिले बजारमा हिरोमा दयाहाङ राई र हिरोइनमा मिरुना मगरको हातमा सर्वाधिक फिल्म छन् । बजार चर्चाअनुसार दयाले अहिलेसम्म १९ वटा फिल्म साइन गरिसकेका छन् । त्यही कारण आउँदो दुई वर्षसम्मद या प्याक छन् । यही अवस्था मिरुनाको पनि छ । किनकि जहाँ दया हुन्छन् निर्माता मिरुना मगरलाई पनि राख्ने ताक छाड्दैनन् ।
बजारमा सार्वजनिक भएका फिल्मका नाम हेर्ने हो भने अहिले नै आधा दर्जन फिल्ममा दया र मिरुनाको जोडी देख्न पाइन्छ । ‘जारी’पछि यो जोडी ‘नांगो गाउँ’मा देखिएको थियो । यसपछि भने दया र मिरुना पर्दामा देखिँदैछन् चलचित्र ‘रंगेली’मा । यो चलचित्र फागुन २६ मा प्रदर्शनमा आउँदैछ ।
‘रंगेली’को प्रदर्शनपछि भने दया र मिरुनाका फिल्म सुटिङमा निस्कनेछन् । यसरी फ्लोरमा निस्कने पहिलो चलचित्र हुनेछ ‘मनसरा’ । यो फिल्मको सुटिङ माघदेखि सुरु हुनेछ । योपछि दुवैले ‘घर ज्वाइँ’का लागि समय दिनेछन् । ‘लोकल हिरो’ कहिले फ्लोरमा निस्कने छ टुंगो छैन तर यो फिल्ममा पनि फेरि एक पटक दया र मिरुनाले काम गर्नेछन् ।
यसैबीच दुवैले ‘गाउँ नै रमाइलो’ साइन गरिसकेका छन् भने चर्चाअनुसार अर्को नयाँ वर्षमा तयार हुने गरी ‘जारी २’को पनि काम सुरु हुँदैछ । यसरी हेर्दा जताजता दया छन् त्यहाँ त्यहाँ मिरुना पनि छुट्ने सम्भावना कमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेहुली हुँदाको अनुभवको कथा लेख्नुस पुरस्कार जित्नुस
असोज ९, २०८१ बुधबार
हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने
असोज ७, २०८१ सोमबार
चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार