सीट भागबण्डा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार ११:८:४३
२२ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सीट भागबण्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरू जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी छन् ।
बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमतिको खाका भएको थियो । तर एकीकृत समाजवादीले त्यो खाकामा असन्तुष्टि जनाउँदै २ सीट दिने भए अध्यक्ष दिनुपर्ने माग राखेको छ ।
अहिलेको बैठकले सकेसम्म एकीकृत समाजवादीलाई मनाउने र सहमतिको प्रयास गर्ने नेताहरूले जनाएका छन् । ‘सकेसम्म एकीकृत समाजवादीलाई मनाएर अघि बढ्ने प्रयास हुन्छ । नभए माओवादी केन्द्रले एक सिट छोड्नु पर्ने हुनसक्छ,’ बैठकमा सहभागी एक नेताले भने । राष्ट्रिय सभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ भने त्यसका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार