सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई भ्याई-नभ्याई
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार ११:५०:१६
२२ पुष, काठमाडौं । भोलि राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गरि सक्नुपर्ने समय तालिका छ । सो भन्दा अगाडि राष्ट्रिय सभामा उम्मेदवार बनाउने नेताहरूको नाम छनोट गरि सक्नुपर्छ । तर, आजसम्म गठबन्धनमै कुन दलले कति सीट लिने भन्ने टुंगो लागेको छैन । विहानैदेखि बालुवाटारमा सीटको भागबण्डा मिलाउन छलफल जारी छ ।
गठबन्धनमा सीटको भागबण्डा मिलेपछि पार्टीमा छलफल गराउने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक बोलाएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए । राष्ट्रिय सभाको निर्वाचनका लागि भोलि सोमबार उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने छ । कांग्रेसले उम्मेदवार तयार गर्न सकेको छैन ।
यस्तै सत्तारुढ गठबन्धनको बैठकलगत्तै प्रचण्डले पनि माओवादी पदाधिकारी बैठक बोलाएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले बताए । गठबन्धनको बैठकपछि अध्यक्षज्यूले पदाधिकारी बैठक बोलाउनुभएको छ । पार्टीबाट राष्ट्रिय सभामा पठाउने उम्मेदवारबारे बैठकले टुंगो लगाउँछ, उनले भने ।
गठबन्धनमा भागबन्डा टुंग्याउन बिहानदेखि बालुवाटारमा बैठक बसिरहेको छ । कांग्रेस र माओवादीले आपसमा १० र ६ सीट बाँड्ने सहमति गरेका छन् । नेकपा एसले २ सीटमा चित्त नबुझाउँदा गठबन्धनमा भागबन्डाको कुरा मिलिरहेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार