गठबन्धनभित्र राष्ट्रियसभाको सीट संख्यामा मोटामोटी सहमति, कांग्रेसले लियो १० सीट
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १२:१७:४५
२२ पुस, काठमाडौं । सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्यको सटी बाँडफाँटबारे मोटामोटी सहमति भएको छ । १९ पदका लागि गठबन्धनबीच भागबन्डाको सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताएका छन् ।
भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सीट पाउने तय भएको छ ।
क्लष्टरको विषय भने टुंगिन बाँकी छ । केही घण्टाभित्रै त्यो टुंगो लाग्ने लेखकले बताए । त्यसमा एकीकृत समाजवादीले मानेको छैन । उसले आफूले ३ सिट पाउनुपर्ने अडान राखेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पनि एकीकृत समाजवादीका नेताहरुले तीन सिट पाउनुपर्ने आफूहरुको बटमलाइन भएको महासचिव घनश्याम भुसालले भने । एकीकृत समाजवादीले ३ सिट लिने अवस्था बन्यो भने कांग्रेस वा माओवादीकको एक सीट घट्ने देखिएको छ ।
गठबन्धनमा राष्ट्रपतिले मनोनीत गर्ने सीट जनमोर्चालाई दिने भन्ने छलफल चलेको छ । तर, सहमति भएको छैन । राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।
राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्तारुढ दलहरुको बैठक निरन्तर बस्दै आएको छ । आइतबार बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ । कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार