धुम्बाराहीमा राष्ट्रियसभा निर्वाचनबारे देउवा र शेखरबीच छलफल
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १२:४५:४१
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनबारे पार्टीको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालासँग छलफल गरेका छन् । सभापति देउवाले छलफलका लागि बोलाएपछि नेता कोइराला र महामन्त्री गगन थापा धुम्बाराही पुगेका थिए ।
सत्ता गठबन्धनमा कांग्रेसले १० सिट पाएपछि देउवाले पार्टीभित्र आन्तरिक छलफलका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई धुम्बाराही बोलाएका हुन् । नेता कोइराला र महामन्त्री थापाले देउवासँग ४ सीट आफ्नो पक्षले पाउनुपर्ने माग राखेको बताइएको छ । गठबन्धनमा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा दुई–दुई सीट पाएको छ । कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा एक–एक सीट लिएको छ ।
कांग्रेसमा सत्तापक्ष इतर पक्षले ४ सिटमा दाबी गरेको छ । बागमती, लुम्बिनी र गण्डकी र सुदूरपश्चिममा इतर पक्षले एक एक सिटमा दाबी गरेको छ । संस्थापन पक्षले भने इत्तर पक्षलाई बढीमा तीन सीट दिने बुझिएको छ । कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवारी टुंगो लगाउन आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकअघि देउवा, कोइराला र महामन्त्री थापाबीच आन्तरिक छलफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार