घरदैलोमा पुगेर नागरिकको स्वास्थ्य परिक्षण
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १३:२:८
२२ पुस, (चापाकोट) —स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिकाले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण देखी पालिकाबाट हुने सेवा प्रवाहको थालनी गरेको छ । हरेक बर्ष नागरिकको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने उदेश्य अनुरुप चापाकोट नगरपालिकाले यो बर्षपनि वृहत् घुम्ती शिविर राखेर सेवा दिएको हो । नगरपालिकाले पौष १४ गते वडा नम्बर ६ बाट यो सेवा शुभारम्भ गरेको थियो । शिविर अहिलेपनि जारी रहेको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रव खनालले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत खनालका अनुसार अहिलेसम्म ६, ७, ५, ४, २ नम्बर वडामा क्रमस शिविर सम्पन्न भइसकेको छ । घरदैलोमा पालिकाले दिने सेवा पाएपछि यहाँका नागरिक खुशी भएको खनालले दावी गरे । अहिलेसम्म झण्डै १६ सय नागरिकले स्वास्थ्य सेवा लिएको उनले बताए । घुम्ती शिविरमा सबैभन्दा बढी स्वास्थ्य सेवा लिएको बताइएको छ । १४ बाट शुरु भएको घुम्ती शिविर पौष २७ गते चापाकोट ९ मा आएर समापन हुने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । १० ओटा वडा रहेको चापाकोट नगरपालिकामा अव ६ ओटा वडा बाँकी रहेका छन् । शिविरबाट योजना सम्झौता, कृषि, पशु, बैंक खाता खोल्ने लगायतका सेवाहरु प्रदान गरिएको छ ।
सबै वडामा स्वास्थ्य शिविरबाट ठुला बिरामी फेला परेमा उनीहरूको समापनको दिन विशेषज्ञ सेवा सहित स्वास्थ्य उपचार गरिने उनले बताए । नगरपालिकाका वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्यसम्बन्धी समस्या गाउँमा नै समाधान गर्न लागेको हो ।
सामान्य समस्याको उपचारका लागि टाढा जानुपर्ने वाध्यतालाई कम गर्न गाउँमा नै शिविर सञ्चालन गर्न लागेको चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) ले बताए । नागरिकलाई सहज होस् भनेर स्वास्थ्यकर्मीसहितको टोली गाउँमा पठाएका छौं उनले भने,‘शिविरका कारण नागरिकलाई गाउँमा नै उपचार गर्ने अवसर प्राप्त भएको छ ।’ स्वास्थ्य सेवा मात्रै नभएर पालिकाबाट हुने सबैसेवा शिविरबाट प्रदान गरेका छौं उनले भने ।
गतवर्ष पालिकाले गरेको स्वास्थ्य शिविरमा नागरिकको उत्साहजनक सहभागिता रहेको भन्दै प्रमुख खाँणले नागरिकको माग र आवश्यकताका आधारमा यस वर्ष पनि शिविरलाई निरन्तरता दिएको बताए । शिविरमा निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्स–रे, ई.सी.जी, आँखा परीक्षण, दन्त परीक्षण, परिवार नियोजनका लागि सहजीकरण र रगत, दिसा पिसाब परीक्षण हुनेछ भने वडास्तरीय र नगरस्तरीय योजनाहरु सम्झौता हुने नगरपालिकाले जनाएको छ ।
शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण समेत गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत खनालका अनुशार शिविरमा आयुर्वेदिक पद्धतिबाट समेत उपचार हुने र औषधि प्रदान गरिनेछ । शिविर प्रत्येक वडाको स्वास्थ्य चौकीमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । गाउँमै गएर चापाकोट नगरपालिकाले सेवा प्रवाह दिन थालेपछि नागरिकको उत्साहजनक सहभागिता सगै स्थानीय सरकारको अनुभुती गरेको नगरपालिकाले जनाएको छ । जसले गर्दा पालिकामा गएर योजना सम्झौता गर्ने वाध्यता हटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही वर्षअघि भरिभराउ भएको बस्ती पहिरो खसेपछि तितरबितर
जेठ १५, २०८१ मंगलबार
स्याङ्जाका ११ वटै स्थानीय तहमा १५ करोड भन्दा बढी बेरुजु
जेठ १५, २०८१ मंगलबार
गाउँ छिर्दा र बाहिरिँदा खोलेको तगारो नलगाए जरिवाना तिर्नुपर्ने
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार