आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न नेपाली टोली दक्षिण अफ्रिका पुग्याे
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १४:१५:३९
२२ पुस, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न नेपाली टोली दक्षिण अफ्रिका पुगेको छ । शुक्रबार काठमाडौंबाट गएको नेपाली युवा टोली शनिबार दक्षिण अफ्रिका पुगेको नेपाल क्रिकेट संघ 'क्यान' ले जनाएको छ ।
यू-१९ विश्वकप क्रिकेट जनवरी १९ 'माघ ५ गते' देखि सुरु हुँदैछ । त्यसअघि नेपाल यू-१९ टिमले दक्षिण अफ्रिकामा तयारी गर्नेछ । नेपालले जोहानेसबर्गमा एक साता बिताउनेछ । त्यसक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई प्रशिक्षण म्याच खेल्ने क्यानले जनाएको छ ।
यू-१९ विश्वकप अघि नेपालले आईसीसीको कार्यक्रम अनुसार दुई वार्म अप म्याच खेल्नेछ । नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका छ । नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । पछिल्लो पटक नेपालले सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप खेलेको थियो ।
यू-१९ विश्वकप यसअघि श्रीलंकामा गर्ने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि युवा विश्वकप दक्षिण अफ्रिका सारिएको छ । जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू-१९ विश्वकपमा नेपाल समूह डी मा छ । यस समूहमा दक्षिण एसियाका पाकिस्तान र अफगानिस्तानसँगै न्युजिल्याण्ड रहेको छ ।
नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्याण्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तान र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका छ । नेपालले एसीसी यू-१९ एसिया कपमा पनि पाकिस्तान र अफगानिस्तानसहित भारतसँग खेलेको थियो । त्यसबेला तीनवटै खेलमा पराजित भएको नेपालले त्यसलाई बिर्सेर दक्षिण अफ्रिकामा उच्च प्रदर्शन गर्ने प्रशिक्षक जगत टमाटाले बताए ।
नेपालको लक्ष्य सुपर सिक्समा पर्ने रहेको र त्यसका लागि न्यूजिल्याण्ड विरुद्धको पहिलो खेल लागि महत्वपूर्ण हुने उनले बताएका छन् ।
यस पटक यू-१९ विश्वकपमा फर्म्याटमा केही परिवर्तन गरिएको छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि हरेक समूहको शीर्ष टिम सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।
सुपर सिक्स चरणमा १२ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । समूह ए को शीर्ष तीन र समूह डी को शीर्ष तीन टिम सुपर सिक्स एडी मा पर्नेछ र भने समूह बी को शीर्ष तीन र समूह सी को शीर्ष तीन टिम सुपर सिक्स बीसी मा पर्नेछ । नेपालले समूह डी मा शीर्ष तीनमा रहेमा सुपर सिक्समा समूह ए का भारत, अष्ट्रेलिया र इंग्ल्याण्ड जस्ता टिमसँग खेल्ने अवसर पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार