१० सीटमा उम्मेदवार छान्न कांग्रेसमा चटारो, सानेपाको बैठक सारेर धुम्बाराहीमा नेताहरुको जमघट
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १४:३०:४६
२२ पुस, काठमाडौं । गठबन्धनबाट भागबण्डामा १० सीट लिएर आन्तरिक छलफलमा जुटेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कलस्टर र असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाउन सकस परेको छ । केहीबेर अघि पार्टीको असन्तुष्ट पक्षसँग छलफल गरेका सभापति देउवा यतिबेला धुम्बाराहीमा नेताहरूको घेराबन्दीमा छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अपरान्ह ४ बजेका लागि सारेर अहिले देउवा धुम्बाराहीमा नेताहरूसँग छलफल गरिरहेका छन् । गठबन्धनको बैठक सकाएर नेताहरू सभापति शेरबहादुर देउवा धुम्बाराहीमा बैठक बसिरहेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार चयनको विषयमा बैठक बोलाइएको हो । बैठक शनिबारका लागि बोलाइएको थियो । तर, शनिबार पनि सारेर बैठक आइतबारका लागि बोलाइएको हो । आइतबार १ बजे बस्ने भनिएको बैठक सारेर नेताहरूले ४ बजे पुराएका छन् । हाल सभापति देउवा निवासमा इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का लगायत बैठक बसिरहेका छन् ।
अन्य नेताहरू बाहिर बसेर प्रतीक्षा गरिरहेका छन् । अहिले नेताहरू अनौपचारिक बैठकमा हुनुहुन्छ । त्यसैले बैठक सरेर दिउँसो ४ बजे पुगेको हो,” प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । गठबन्धनमा कांग्रेसले १० सिट गठबन्धनबाट पाएको छ । उक्त १० सिटमा देउवाले कम्तीमा ६ सिट आफूसँग राख्ने नेताहरूसँग बताइसकेका छन् । इतर समूहको माग ४ सिटको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार