देउवाले तीन सीट मात्र दिन्छु भनेपछि आफू पक्षका नेता बोलाएर शेखर पुगे बिशालनगर
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १५:४५:१३
२२ पुस, काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षका नेतालाई बोलाएका छन् । सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो समूहको बैठक बोलाएका हुन् ।
गठबन्धनको बिहानको बैठक पछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए । उक्त बैठकमा संख्या, मापदण्ड, योगदान लगायतका विषयमा छलफल भएको थियो । भौगोलिक तथा जातीय, क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिइने बैठकको निर्णय थियो । अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने पार्टीकाे निर्णय छ । तर, सभापति देउवाले उम्मेदवार बनाउँदा पार्टीले गरेका निर्णय लत्याउन लागेको शेखर पक्षको आरोप छ ।
पार्टीभित्रको भागवण्डा, मापदण्ड लगायतमा सभापतिसँग कुरा नमिलेपछि शेखर कोइराला विशालनगरस्थित सम्पर्क कार्यालयमा पुगेका छन् । देउवासँग कुरा नमिलेपछि आफ्नो समूहका शीर्ष नेताहरूलाई छलफलका लागि डाकिएको छ । नेताहरूलाई बैठकमा बोलाइएको संस्थापन इतरका नेता डा. गोविन्द पोखरेलले जानकारी दिए ।
कांग्रेसले आज नै कार्यसम्पादन समितिको बैठक बोलाएको छ । दिउँसो १ बजेको बैठक अपरान्ह ४ बजेका लागि सारिएको छ । गठबन्धनका दलबाट कांग्रेसले १० उम्मेदवार राष्ट्रिय सभामा उठाउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार