पूर्वन्यायाधीश पौडेलको नेतृत्वमा बनेको आयोगले काम थालेपछि डीआईजीको समिति खारेज
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १७:३४:२४
२२ पुस, काठमाडौं । बालकुमारी घटनाको छानबिन गर्न बनाइएको लालमणि आचार्यको नेतृत्वमा गठित समिति खारेज भएको छ । प्रहरीको दमनबारे छानविन गर्न प्रहरीकै नेतृत्वमा छानविन समिति बनाएको भन्दै सरकारको विरोध भएपछि उक्त घटनाको छानविन गर्न पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरिएको थियो ।
यो आयोगले काम सुरु भएपछि डीआईजी नेतृत्वको समिति विघटन गरिएको हो । बालकुमारी घटनामा सुरक्षाकर्मीको दमनबाट दुई युवकको मृत्यु भएको थियो । उक्त घटना जाँचबुझ गर्न गठित आयोगले हिजोबाटै काम सुरु गरेको जनाएको छ । यसअघि बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सह–सचिव नारायणप्रसाद भट्टराई सदस्य छन् । जाँचबुझ आयोगले काम थालेसँगै यसअघि गृह मन्त्रालयले बनाएको समिति विघटन भएको हो । घटना छानबिन गर्न प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा गठित समिति विघटन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
डीआईजी आचार्य नेतृत्वको समितिमा राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक वासु सिग्देल र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सदस्य थिए । छानबिन समितिले गरेको छानबिनको प्रारम्भिक विवरण र कागजात गृह मन्त्रालयमा हस्तान्तरण गरेको छ ।
पूर्वन्यायाधीश पौडेल नेतृत्वको आयोगले पुस २० बाट घटनाको जाँचबुझ सुरु गरेको छ । आइतबार ग्वार्कोस्थित ईपिएस कोरिया शाखामा गएर आयोगका पदाधिकारीले सोधपुछ गरेका छन् । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनमा दैलेख घर भएका सुजत रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार