राप्रपाले ९ सीटमा उम्मेदवारी दिने, मधेशमा समर्थक र प्रस्तावक खोज्दै
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १७:१७:४४
२२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ । उसले ९ सीटमा मात्र उम्मेदवारी दिन लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । आइतबार बसेको पार्टी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बागमतीमा चार सिटमा उम्मेदवारी दिने भएको छ । महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङ उम्मेदवार हुनेछन् ।
गण्डकी प्रदेशमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् । लुम्बिनी प्रदेशतर्फ अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राप्रपाका एकएक प्रदेशसभा सदस्य मात्र छन् । त्यसैले समर्थक र प्रस्तावक भए मात्र उम्मेदवारी दिने राप्रपाको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार