इजराइली आक्रमणमा दुई पत्रकारको मृत्यु
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १७:४६:३५
२२ पुस, एजेन्सी । इजराइली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।
एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् ।
हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख हुनुहुन्छ र हालैको एक आक्रमणमा उनी पनि घाइते भएका छन् । युद्धको सुरुआती साताहरूमा एउटा छुट्टै इजराइली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएपछि उनी घाइते भएका हुन् । थुरियाले सन् २०१९ देखि एएफपीमा काम गरेका थिए ।
न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन् । तीमध्ये ७० प्यालेस्टिनी, चार इजराइली र तीन लेबनानी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह
असोज ९, २०८१ बुधबार
प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण
असोज ९, २०८१ बुधबार
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार