कालिमाटीमा कुन तरकारीको मूल्य कति छ ?
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १०:५२:५०
२३ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम् मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार ३००, किवी २५०, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ४०, लोकल सानो गोलभेँडा १०, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु ३० रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी ४५० रूपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी ३५ रूपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मुला र रातो मुला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८० र हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रूपैयाँमा खरिदबिक्री हुनेछ भने तोरीको साग ४०, रायो साग ३०, चम्सुर, पालूगो मेथी र सौफको साग ९० रूपैयाँमा कारोबार हुँदा जिरीको साग ८० रूपैयाँमा कारोबार हुनेछ ।
तराइ परवर १२०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदीना २२० रूपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रूपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ४०, लाम्चो भान्टा ४० र हरियो धनियाँ १०० रूपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रूपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रूपैयाँमा किनबेच भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार