चोरीको गाडी प्रकरणका कोही टेकुतिर, कोही कञ्चनपुरतिर
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १३:२१:५८
२३ पुस, काठमाडौं । चोरीको गाडी बेचबिखन गर्ने एउटा समूहलाई पछ्याउँदा प्रहरी टोली धनगढी पुगेर रोकिएको छ । पुस ८ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच वटा चोरीका गाडीसहित २ जना पक्राउ परेपछि गरिएको अनुसन्धानको जालो धनगढीमा पुगेर रोकिएको हाे ।
नेपाल–भारतको सीमा नाकाबाट चोरीको गाडी काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरूमा पठाउने गरिएको थियो । त्यही क्रममा प्रहरीले भारतबाट चोरीका गाडी नेपालमा ल्याएर तस्करी गर्दै बेचबिखन गर्ने गराउने प्रकरणमा ६ जनालाई पक्राउ गरिएकोमा २ जना भने छुटिसकेका छन् । प्रहरीले सुरुमा काठमाडौंबाट पुस ८ गते २ जना मान्छेलाई पक्राउ गरेको थियो। सुरुमा उनीहरू भारतबाट चोरिएका ५ वटा गाडीसहित पक्राउ परेका थिए ।
उनीहरूले चोरीका गाडीको नक्कली सवारी दर्ता किताब बनाउने र त्यसकै आधारमा गाडी बिक्री गर्ने गरेका थिए । नक्कली सवारी दर्ता किताब बनाउनमा काभ्रेको तेमाल घर भएका ४२ वर्षीय दिलबहादुर घिसिङ, कागेश्वरी मनोहर नगरपालिका १३ ब्रम्हटोलबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३३ वर्षीय आइतसिंह तामाङ रहेका थिए । पक्राउ गरेर उनीहरूलाई लिखत किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको थियो । त्यसपछि उनीहरूले यो तस्करी तथा चोरीको नेक्सस ठूलै रहेको बताएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।
प्रहरी स्रोतका अनुसार थप अनुसन्धानका क्रममा यो अपराधको नेक्ससमा कैलालीको भजनी घर भई नेपालगन्ज बस्दै आएका गोकुलप्रसाद श्रेष्ठ जोडिए । उनले भारतबाट आएका चोरीका गाडीहरू काठमाडौंसहित पोखरा लगायतका नेपालका ठूला शहरमा सप्लाई पुर्याउँथे । त्यसपछि उनलाई पनि प्रहरीले घरबाटै समातेको थियो भने उनको घरबाट छापहरू पनि बरामद गरिएको थियो । प्रहरीका अनुसार श्रेष्ठले आफूले भारतीय एक जना तस्करबाट गाडी लिने गरेको सूचना दिएका थिए । त्यसपछि केही दिन अगाडि 'हालै' गोप्य सूचनाको आधारमा ती भारतीय तस्कर उत्तर प्रदेशको शारजहाँपुर घर भएका मुसर्रत उल्ला खाँलाई पक्राउ गर्यो । उनी कैलालीको अत्तरियामा भारतबाट गाडी लिएर आइरहेको अवस्थामा २ वटा गाडीसहित पक्राउ परेका थिए । उनीसँग अरू २ जना पनि रहेको बताइएको छ ।
सो क्रममा उनको साथमा एक जना ड्राइभर हर्कबहादुर कार्की र अर्का कञ्चनपुर घर भएका वान्टेड अपराधी मोहनसिंह ऐरी पनि पक्राउ परेका थिए । जसमा ड्राइभरको भारतबाट गाडी वारपार गराउने भूमिका थियो भने ऐरीले चोरीको गाडीमा लगानी गर्थे । त्यसपछि ती पक्राउ परेका तीन जनामध्ये खाँलाई काठमाडौंको टेकु लगियो भने अन्य २ जनालाई कैलालीमै अभद्र व्यवहारमा सार्वजनिक मुद्दा चलाइएको छ । तर उनीहरू केही दिनमा छुटेर गएको कैलाली प्रहरीले जनाएको छ ।
ऐरी उनै मान्छे हुन्, जसको नाममा ७ वटा मुद्दा चलेको प्रहरी रेकर्डले देखाएको छ । उनीविरुद्ध कञ्चनपुरमा अपहरण, शरीर बन्धक, कर्तव्य ज्यानको उद्योग र लागूऔषध लगायतका मुद्दा चलेको थियो । उनले भारतदेखि महेन्द्रनगर हुँदै काठमाडौंसम्मको नेक्ससमा महत्वपूर्ण भूमिका खेल्ने गरेका थिए । उनीसहितको टिमले भारतका विभिन्न शहरबाट चोरीका गाडी लिएर नेपालमा नक्कली नम्बर प्लेट राख्ने, कागजात बनाउने र बेच्ने धन्दा चलाएका थिए ।
उनै ऐरी आत्महत्या दुरुत्साहन मुद्दा पनि पक्राउ परिसकेका व्यक्ति हुन् । यसअघि विविध मुद्दामा उनको संलग्नता रहेको भएपनि कानुनी छिद्र पक्रेर उनी छुट्दै आएका छन् । अहिले चोरीको गाडीमा पनि उनको संलग्नता देखिएपनि कञ्चनपुर प्रहरीले त्यही राखेर अनुसन्धान गर्ने भन्दै काठमाडौं पठाएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
मंगलबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
जेठ १५, २०८१ मंगलबार
वर्षाले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
जेठ १५, २०८१ मंगलबार
तनहुँमा विकास बजेटको खर्च अवस्था निराशाजनक
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार