आठौं वालिङ महोत्सव माघ १८ देखि २८ सम्म, महोत्सव स्थलबारे प्रशासन र नगरपालिकामा ज्ञापनपत्र बुझाइयो
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १२:५८:३७
२३ पुस, स्याङ्जा । आठौं संस्कारणको वालिङ महोत्सव माघमा हुने भएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्वारा माघ १८ देखि २८ गतेसम्म वालिङ खेल मैदानमा महोत्सव आयोजना गरिएको हो ।
आइतबार वालिङ उद्योग वाणिज्य संघद्वारा महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले ‘वालिङको गौरव र पहिचान’को रुपमा वालिङ महोत्सवको आयोजना गरिएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले भने, ‘वालिङ महोत्सव आफैंमा ब्राण्ड हो । वालिङलाई देश विदेशमा पहिचान गराउन वालिङ महोत्सवको अहम् भूमिका छ ।’ महोत्सवको व्यवस्थापकीय दृष्टिले देशभर चर्चा हुने गरेको उनले दावी गरे ।
स्थानीय लोक–संस्कृतिको संरक्षण, सम्बर्धन र प्रचार–प्रचारका लागि महोत्सवले उल्लेखनीय भूमिका खेल्ने संघका निर्वतमान अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका निर्देशक शोभाकान्त पौडेलले बताए । ‘नगरभित्रका भाषा, धर्म, कला, साहित्य र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व हो,’ निर्देशक पौडेलले भने, ‘वालिङ र आसपासका पर्यटकीय, धार्मिक, कृषि एवं ऐतिहासिक धरोहरको प्रचार–प्रसार गर्नेछौं ।’ महोत्सव गाउँ–गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरूको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिने छ । नगरभित्र र आसपासका पालिकाका घरेलु उत्पादनलाई समेत प्रवर्द्धन गर्ने महोत्सवको लक्ष्य रहेको छ ।
महोत्सवको मुख्य आकर्षक रुपमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय लोकदोहोरी, आधुनिक एवं लोक पपका कलाकारहरूको प्रस्तुति रहनेछ । साथै दोहोरीगीत प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता (डान्स आईडल–३), कृषि तथा हस्तकला प्रतियोगिता रहेका छन् ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरू रहनेछन् । हालसम्म ५० प्रतिशत बुक भइसकेको आयोजकले जनाएको छ । जिल्लाका पर्यटकीय स्थलहरूको जानकारीसहितको फोटो प्रदर्शनी, होमस्टेमा आवासको व्यवस्था समेत गरिनेछ । महोत्सवको संरक्षक संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रर्वद्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
महोत्सवमा विद्यार्थीका लागी ७० र अन्यका लागि १ सय रूपैयाँको टिकट तोकिएको छ । स्थानीय व्यापारीका लागि ३० प्रतिशत छुट स्टल व्यवस्था गरिएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्नेछन् भने महोत्सव अवधिभर १० करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट १ करोड २६ लाख आम्दानी गरी ७९ लाख ५१ हजार खर्च गरी ५६ लाख ४८ हजार बचत गर्ने आयोजकको लक्ष्य छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने महोत्सवको नारा बनाइएको छ ।
महोत्सव स्थलको विरोध
उद्योग वाणिज्य संघले महोत्सव घोषणा गरेसँगै वालिङ खेल मैदानमा महोत्सव गर्न नहुने भन्दै विरोध हुँदै आएको छ । खेल मैदानको विकल्प खोज्न भन्दै स्थानीय सामाजिक संघ–संस्थाले इलाका प्रशासन कार्यालय वालिङ, वालिङ नगरपालिका र उद्योग वाणिज्य संघलाई ज्ञापन बुझाएको थियो । खेल मैदानमा रहेका दुबो संरक्षणका लागि महोत्सव स्थलको विकल्प खोज्न स्थानीय ७ सय १३ जनाद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्र बुझाएको छ ।
स्थानीय बालकृष्ण श्रेष्ठले ज्ञापनपत्र विशुद्ध महोत्सव स्थलको विकल्पका लागि रहेको बताए । राज्यको लाखौं लगानीमा दुबो बिछ्याएको भन्दै महोत्सव स्थल अन्यत्र खोज्नुपर्ने जिकिर गरे । खेल मैदानको विकल्पमा वालिङ बसपार्क र भुम्रे बैंडीमा महोत्सव आयोजना गर्न विभिन्न कोणबाट कुराहरू उठेका छन् ।
९ औं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत महिला फुटबल प्रतियोगिताका लागि खेल मैदानको मर्मत, सम्भार तथा स्तरोन्नतीका साथै दुबो बिछ्याएको थियो । राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, वालिङ नगरपालिका र जिल्लाका अन्य पालिकाको आर्थिक सहयोगमा करिब १ करोड लागतमा खेल मैदान स्तरोन्नति गरिएको थियो ।
प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समितिसँगको अनुमति र सहमति विना महोत्सव सञ्चालन नगर्न-नगराउन जिल्ला प्रशासन कार्यालय र वालिङ नगरपालिकालाई पत्र काटेका छन् । तर प्रदेश खेलकुद परिषदको अनुरोध र स्थानीयको विरोधका बीच वालिङ खेल मैदानमै महोत्सवको आयोजना गर्न लागिएको हो ।
‘महोत्सवको उपयुक्त स्थल खेलमैदान नै हो’– नगर प्रमुख खाँण
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले आठौं संस्कारणको वालिङ महोत्सव आयोजना खेलमैदान मै हुने जानकारी दिएका छन् । नगर प्रमुख खाँणले वालिङको शान, पहिचान र गौरवको रुपमा स्थापित वालिङ महोत्सव स्थलको विकल्प नरहेको बताएका छन् । ‘पौष १७ गतेको कार्यपालिका बैठकले महोत्सव स्थल माले बगर (खेलमैदान) मै गर्ने÷गराउने निर्णय गरेको छ,’ उनले भने । नगरपालिका समेत आयोजक रहेकाले महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न आफूहरुको दायित्व र जिम्मेवारी रहेको उनको भनाई छ ।
यस्तै गरी वालिङ नगरपालिकाका पूर्व मेयर एवं महोत्सव सल्लाहकार समितिका संयोजक दीलिपप्रताप खाँणले खेल मैदान सार्वजनिक स्थल भएको भन्दै महोत्सव नगर्नका लागि खेलकुद परिषदले पठाएको पत्रको कुनै औचित्य नभएको बताए । उनले भने, ‘खेल मैदानको दुबो संरक्षण गर्दै महोत्सव गर्ने हो । कसले के पठाउँछ र भन्छले खासै असर गर्दैन ।’ खेलमैदान कसैको स्वामित्वमा नभएको भन्दै खेलमैदानमा खेल्न, कार्यक्रम गर्न, मेला महोत्सव गर्न नपाईने भन्ने विषयको औचित्य नभएको उनले प्रष्ट पारे ।
वालिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मञ्चका संयोजक पूण्यप्रसाद अर्यालले खेल मैदान वालिङवासीको साझा मैदान रहेको भन्दै सबै राजनीतिक दल, सामाजिक संघ संस्थाले आ–आफ्नो कार्यक्रम गर्न पाउनुपर्ने बताए । पहिलो संस्करणदेखि सातौं संस्करणकाे वालिङ महोत्सव खेल मैदानमै सम्पन्न गरिसकेकाले महोत्सवका लागि उपयुक्त स्थान खेल मैदान नै हुने उनले दावी गरे ।
दुवोको संरक्षणका लागी संघले महोत्सवबाट हुने बचतको ५ प्रतिशत छुट्याएको छ । संघले यहाँका व्यापारी–व्यवसायीको सल्लाह अनुसार नै महोत्सव आयोजना गरेको भन्दै मेलाले आन्तरिक पर्यटकको आवागमन हुँदा यहाँकै व्यवसायीलाई फाइदा हुने महोत्सव मुल आयोजक समितिको जिकिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
भृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार