भारतबाट आएका १० जना नेपालीमा कोरोना पुष्टि
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १३:३:५
२३ पुस, कञ्चनपुर । भारतका विभिन्न शहरबाट नेपाल फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । भारतबाट आउनेहरूमा कोरोना संक्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ, उनले भने, अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।
हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तबासमा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको भेरिएन्ट एकिनका लागि नमूना संकलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए । भेरिएन्ट एकिन गर्न नौ जनाको नमुना काठमाडौँ पठाएका छौँ, उनले भने, दुई साता भइसक्यो, त्यसको रिपोर्ट आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
माघ १९, २०८१ शनिबार
ठमेलमा आगलागी हुँदा ६५ लाखको क्षति
माघ १९, २०८१ शनिबार