राष्ट्रियसभा निर्वाचनमा अहिलेसम्म को-को उम्मेदवारले गरे मनोनयन दर्ता
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १४:५१:१
२३ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताको क्रम जारी छ । अहिलेसम्म सातै प्रदेशमा उम्मेदवारी दर्ताको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार सवै भन्दा पहिले राष्ट्रियसभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् । उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।
गत प्रतिनिधिसभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रियसभा चुनावमा उठेका हुन् । सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रियसभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो । यस्तै नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि सिटौला लगत्तै मनोनयन दर्ता गरेकी छन् । एमालेले यहाँ रुक्मिणी चौधरी र परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै नेकपा माओवादीकी नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् । कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो ।
यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सोमवार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक एक जनाले मनोनयन दर्ता गरेका हुन् ।
कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका छन् । माओवादी केन्द्रबाट अपांग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।
यस्तै माघ ११ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धन उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गरेका हुन् ।
श्रेष्ठ र परियार कांग्रेसका नेता हुन् भने शर्मा माओवादी नेतृ हुन् । यसैगरी गण्डकीमा एमाले उम्मेदवारले दर्ता गरे मनोनयन गरेका छन् । राष्ट्रियसभाको निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । सोमवार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनले मनोनयन दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार