ललितपुर महानगरद्वारा खेलकुद क्लबलाई ३७ लाख सहयोग
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १५:१५:४
२३ पुस, पाटन । ललितपुर महानगरपालिकाले यहाँका खेलकुद क्लबलाई आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले ११ क्लबलाई रु ३७ लाख सहयोग गरेको छ ।
महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’ ‘बी’ र ‘सी’ डिभिजनमा रहेका खेलकुद क्लबलाई क्रमश: रु चार लाख, रु तीन लाख र रु दुई लाखका दरले रकम उपलब्ध गराएको हो ।
यसैगरी विभिन्न प्रतियोगितामा विजय हासिल गरेका क्लबलाई समेत नगदसहित पुरस्कृत गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । पुरस्कृत हुनेमा ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लब रहेका छन् ।
यस्तै ‘बी’ डिभिजनमा रहेका च्यासल युथ क्लब, ब्रिगेड व्वाइज र खुमल्टार युथ क्लब तथा ‘सी’ डिभिजनमा रहेका सानेपा युथ क्लब, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लब र झम्सिखेल युथ क्लबलाई पुरस्कृत गरिएको छ । सबै क्लबलाई प्रमुख महर्जनले रकमको चेक हस्तान्तरण गरे । “आगामी दिनमा खेलकुद क्लबलाई प्रदान गरिने रकममा वृद्धि गर्छौँ”, प्रमुख महर्जनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार
यस वर्षको 'एसईई' चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार