अर्थतन्त्र सुधारका लागि ५ कानुन खारेज र २८ वटा संशोधन गर्न परिसंघको प्रधानमन्त्रीलाई सुझाव
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १६:१२:८
२३ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र सुधारका लागि पाँचवटा कानुन खारेजसहित २८ वटा कानुन संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । परिसंघले २८ कानुन संशोधन, ५ खारेज तथा ३ वटा नयाँ बनाउनुपर्ने बताएको छ । परिसंघले कानुन संशोधन, खारेज र नयाँ बनाउने विषयमा प्रधानमन्त्रीसमक्ष औपचारिक प्रस्ताव गरेको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै परिसंघले प्रधानमन्त्रीलाई प्रस्ताव बुझाएको जानकारी दिएको छ । छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरूको कानुनको अनुसन्धनात्मक अन्वेषणबाट पाँच वटा कानुन खारेज गर्नुपर्ने बताएको छ । नेपालमा लगानीको वातावरण बनाउन, मुलुकको अर्थतन्त्र सुधार गर्न विभिन्न कानुन समयसापेक्ष बनाउनका लागि संशोधन गर्न र आवश्यक कानुनलाई थप्न सरकारलाई आग्रह गरेको हो । परिसंघले २८ वटालाई संशोधन गर्न र तीन वटा कानुन थप्न सरकारलाई सुझाव दिएको छ ।
जसमा मुख्यतया औद्योगिक व्यवसाय ऐन, २०७६, औद्योगिक व्यवसाय नियमावली, २०७८, आयकर ऐन, २०५८, कम्पनी ऐन, २०६३, भूमिसम्बन्धी ऐन, २०२१, वन ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन छन् । २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७, विशेष आर्थिक क्षेत्र ऐन, २०७५ लगायत छन् ।
मुलुकको विद्यमान कानुनी व्यवस्थाको सुधारबाट समग्र आर्थिक विकासमा टेवा मिल्ने विश्वास परिसंघले लिएको छ । कानुनका विज्ञ, उद्योगी व्यवसायी तथा सरोकारवाला निकायसँगको छलफल, विषय विज्ञको राय सुझाव, छिमेकी मुलुक र नेपालको आर्थिक भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरूको कानुनहरूको अनुसन्धानात्मक अध्ययनबाट कानुन सुधारका बुँदाहरू तयार पारेको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।
अध्यक्ष अग्रवालले खारेज गर्नुपर्ने, संशोधन गर्नुपर्ने र थप्नु पर्ने ऐन कानुनका विषयमा प्रधानमन्त्रीलाई दिइसकेको बताए । साथै मन्त्री, सांसद र नेताहरूलाई परिसंघले तयार परेको किताव दिने बताए । तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सोही गतिमा लगानीको वातावरण निर्माण तथा औद्योगिकीकरण हुन जरुरी रहेको परिसंघले औल्याएको छ ।
परिसंघको प्रस्तावः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार