फिल्म डेड्लीमा टाइगर श्रफ, वरुण धवन र जान्हवी कपुर
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार २२:४:६
२३ पुस, काठमाडौं । टाइगर श्रफ, वरुण धवन र जान्हवी कपुर एउटै फिल्ममा देखिँदै छन् । यी तीन जना करण जौहरको प्रडक्शनमा बन्न लागेको फिल्म डेड्लीमा सँगै आउँदै छन् ।
फिल्मको निर्देशन राज मेहताले गर्नेछन् । निर्देशक मेहत्ताले यस अघि गूड न्यूज र जुग जुग जियो जस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्मको कहानी अनुराग कश्यपले लेखिरहेका छन् । फिल्ममा पहिलो पटक जोडीको रूपमा जान्हवी र टाइगर आउन थालेका छन् । यो वर्ष जान्हवी कपुरसँग टन्नै फिल्म छन् ।
जुनियर एनटीआरसँग देवरा, राजकुमार रावको साथमा मिष्टर एन्ड मिसेज माही र गुलशन देवैयाको साथ उलझमा पनि उनले काम गर्नेछिन् । केही दिन अघि दुल्हनिया ३ मा पनि जान्हवी देखिन सक्ने हल्ला चलेको थियो ।
तर वरुणले यो हल्ला मात्रै भएको बताएका छन् । यो फिल्ममा आलिया हिरोइन रहनेछन् । टाइगर भने अक्षय कुमारको साथमा बडे मिया छोटे मिया रिलिजको तयारीमा जुटेका छन् । वरुण धवन भेडिया २, सिटाडेल इन्डिया र तमिल फिल्म थेरीको रिमेकमा देखिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार