कोशीमा सभामुख छान्न दलहरु छलफलमा, सहमति नभए दिउँसो ३ बजे निर्वाचन
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार ११:३:३८
२४ पुस, विराटनगर । कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय गरिएको छ । मंगलबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सभामुख चयन प्रक्रियाबारे निर्णय गरिएको हो ।
प्रदेश सभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ । सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरूले छलफल गरिरहेका छन् ।
कोशी प्रदेश सभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ । नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सभामुख पद आफूले लिने निर्णय गरिसकेको छ । मंगलबारै बिहान बसेको राप्रपा कोसी प्रदेश संसदीय दलको बैठकबाट सांसद अमरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार