डेडिकेटेड र ट्रंकलाइनबारे मनपरी नीतिः प्रधानमन्त्रीको एउटा निर्देशन, कुलमानको अर्को सूचना
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार ११:४७:३८
२४ पुस, काठमाडौं । विवादास्पद डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल बुझाउने बारे सरकारी निकायका उद्योगी बीच आएका फरक फरक धारणले थप विवाद निम्त्याउने देखिएको छ । सरकारी र नियामक निकायकै भनाइहरु एकआपसमा बाझिएर आउन थालेका छन् । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल बुझाउने बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दुवै पक्षलाई बराबरी हुने गरी निर्णय गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल बुझाउने बारे अर्को सूचना निकालेको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको समय दिएको छ । यसका लागि ३० दिनभित्र प्राधिकरणमा निवेदन दिनुपर्नेछ । एक सूचना जारी गर्दै प्राधिकरणले अबको ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधा लिनका लागि आवेदन दिन आग्रह गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम असुल गर्न एकपटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गर्ने निर्णय गरेको थियो । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल उठाउनकै लागि प्राधिकरणले पुस ६ देखि बक्यौता नतिरेका उद्योगको बिजुली काट्दै आएको छ । सोमबारसम्म २४ वटा उद्योगको बिजुली काटिसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ ।
समयमै विद्युत महसुल नबुझाउने उद्योगको लाइन प्राधिकरणले काटिएको छ । यता, उद्योगी व्यवसायीले भने प्राधिकरणले विल विनाको रकम उठाउन खोजेको आरोप लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंकलाइन विवादका कारण ८५ हजारले रोजगारी गुमाएको बताउँदै आएका छन् । प्राधिकरणले उद्योगहरूको लाइन काट्दा ८५ हजारले रोजगारीको अवसर गुमाएको उनको भनाइ छ । गुमेको रोजगारी फिर्ताका लागि पनि तत्काल डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्नुपर्नेमा उनको जोड छ ।
उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको विवाद समाधानका लागि न्यायिक आयोग बनाउन उनको माग छ । उद्योगी व्यवसायी र प्राधिकरण बीचको डेडिकेटेड र ट्रंक लाइनबीचको विवाद समाधान तत्काल नगरे उद्योग व्यवसायमा ठूलो असर पर्ने उनले बताएका छन् । यसको समाधान सरकारका सम्बन्धित निकायहरूले गर्नुपर्ने र नसके सरकारले यसको पहलकदमी लिएर समस्या समाधान गर्नुपर्ने उनको धारणा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार मात्र ट्रंक र डेडिकेटेड लाइनको विवाद सबैको परामर्शका आधारमा समाधान गर्न निर्देशन दिएका थिए । उनले बिजुली प्रयोग गरेका व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठिरहने र उद्योग पनि चलिरहने विकल्पमा जान उर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन् ।
सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायाधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए ।
उनले भने, संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं । महान्यायाधिवक्ता कार्यालयको राय पनि लिउँ । त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू पनि सुचारू हुने विकल्पमा जानु राम्रो हुन्छ, तपाईँहरू यसरी नै विवाद निर्मुल बनाउने तिर लाग्नुस । त्यसका लागि तपाईँहरूले विकल्प खोजेर समाधान दिनुपर्छ । धेरै ढिला गर्नु भएन ।’
बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्यहरू र प्रचलित कानुनका आधारमा ट्रंक र डेडिकेटेड लाइनसम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताएका थिए । मन्त्री बस्नेतले किस्ताबन्दीमा बक्यौता महसुल भुक्तानी गर्न व्यवसायीहरूलाई समय दिइएकाले महान्यायाधिवक्ताको कार्यालयको समेत कानुनी राय र सल्लाह लिएर सहमतिमै समस्याको समाधान हुने काम गरिरहेको बताए ।
छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे बिफ्रिङ गर्दै ट्रङ्क र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्यौलता समाधान गरिने प्रतिवद्धता जनाएका छन् । परामर्श गरी प्राधिकरण ठोस निर्णय पुग्न चाहेको बताउँदै त्यसका लागि आवश्यक पहल गरिने उनले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार