बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार ११:५७:१८
२४ पुस, बाजुरा । जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो ।
अस्पतालका प्रमुख डा समिता पुनका अनुसार १५ शय्या ९बेड० सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने बाजुरा अपस्पताल पहिलो हो । बाजुरा जिल्ला अस्पतालले साझेदार निकायसँग सहकार्य गरेर सञ्चालन गर्न सफल भएको उनले जानकारी दिए ।
यसका लागि आवश्यक स्वास्थ्य सामग्री रु ११ लाख बढीको खर्च र ‘फिजियोथेरापिष्ट’ व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताए ।
हाडजोर्नी दुखेका, नशा च्यापिएका बिरामी अब जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए । यसअघि सेवा सञ्चालन नहुँदा जिल्ला बाहिर धनगढी, कञ्चनपुर, नेपालगञ्जलगायतका अस्पतालमा जानुपर्ने स्थानीयलाई बाध्यता थियो ।
जिल्ला अस्पताल हाल १५ शय्या सञ्चालन भए पनि केही समयमै ५० शय्या सञ्चालनको प्रस्ताव गरिए त्यो तत्काल सहज छैन । पन्ध्र शय्या सुविधाकै अस्पताल सञ्चालन गर्न तीन वर्ष जनशक्तिको तलब र केही उपकरण सहायता मानव संसाधन केन्द्रले गर्ने संस्थाका अध्यक्ष नीरबहादुर शाहीले बताए ।
थेरापी सेवा सञ्चालन भएपछि बिरामीको सहज उपचारमा सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताउए । सेवालाई संस्थागत गर्ने र निरन्तरताका लागि अस्पतालले व्यहोर्नुपर्ने जिम्मेवारीमा सहकार्य गर्न नगरपालिका तयार रहेको बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले बताए ।
ढाड, कम्मर दुख्ने समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछिको समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवामार्फत उपचार हुने डा. चेतराज धामीले बताएको छ । बाजुरा अस्पतालले हाल विशषेज्ञसहितको सेवा दिइरहेको छ । नयाँ भवन निर्माणसँगै सुविधा दिन सहज हुने र उपचारकै लागि जिल्ला बाहिर गएर लाखौँ रकम खर्चिनुपर्ने बाध्यता हट्ने सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार