सूर्योदय सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रमबाट ४२ युनिट रगत संकलन
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार ११:५७:३०
२४ पुस, स्याङ्जा । जिल्लाकै सबैभन्दा धेरै शेयर सङ्ख्या रहेको सूर्योदय बचत तथा ऋण सहकारीद्वारा २५ औं वर्षगाँठको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा सोमबार स्याङ्जा सदरमुकाममा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत सङ्कलन भएको हो ।
जिल्लाका सामुदायिक तथा सरकारी अस्पतालहरुमा रगत अभाव हुन नदिनका लागि कार्यक्रम रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव मिरा मल्लले जानकारी दिइन् । सचिव मल्ल भनिन्, ‘जिल्लाका स्वास्थ्य संस्थामा रगत अभावलाई कमी गर्न रक्तदान कार्यक्रम राखेका हौं । रगत अभावले कोही पनि अकालमा ज्यान गुमाउन नपरोस् ।’ एक युनिट रगतका लागि पोखरा जानुपर्ने बाध्यता रहेको बताउँदै जिल्लामा महिना–महिनामा रक्तदान कार्यक्रम गर्नु पर्ने उनको भनाई छ ।
सहकारीले २५ औं स्थापना दिवस तथा रजतजयन्तीको अवसरमा २५ वटा कार्यक्रम घोषण गरेका छन् । जसमध्ये आँधीखोला गाउँपालिका २ स्थित गुरुकुल वेद आश्रम खाद्यान्न वितरण, आँधीखोला गाउँपालिका ४ सेपत र पुतलीबजार नगरपालिका ३ बाडखोलामा पालिका स्तरीय वित्तीय साक्षरता कार्यक्रम, विरुवा गाउँपालिका ८ भुरुङचौकी माविमा सरसफाई कार्यक्रम, चापाकोट नगरपालिकाको साँखरमामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिसकेका छन् । संस्थाले आगामी पुस २५ गते विविध कार्यक्रम गर्दै रजतजयन्ती विशेष समारोह मनाइँदैछ
।
संस्थाको कूल सम्पत्ति ७३ करोड २३ लाख २ हजार ८९० रहेको छ । जसमध्ये शेयर पूँजी ७ करोड ६६ लाख ५ हजार ५००, जगेडा कोष ५ करोड, ५७ लाख ७९ हजार ८३३, कूल निक्षेप (बचत) ४९ करोड ६४ लाख ५१ हजार ८६६ र ५५ करोड ८३ लाख ८५ हजार १६५ रूपैयाँ लगानी रहेको छ ।
हालको तरलता रकम १० करोड ९४ लाख ५६ हजार ५२३ रूपैयाँ र विभिन्न कोषहरूमा २ करोड ४४ लाख ६७ हजार २८८ रहेको छ । संस्थामा हाल १ हजार ८८१ जना ऋणी रहेका छन् । संस्थाले करिब २० हजार जना प्रत्यक्ष र परोक्ष रुपमा लाभान्वित छन् ।
पुतलीबजारको बाडखोलामा केन्द्रीय कार्यालय रहेको सूर्योदयको चापाकोट नगरपालिका, आँधीखोला गाउँपालिका र विरुवा गाउँपालिकाका ५ वटा सेवा केन्द्रबाट सेवा दिँदै आइरहेको छन् । एसियाली ऋण महासंघ (अक्कु) र नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कून)ले सञ्चालनमा ल्याएको एक्सेस ब्राण्डीङ कार्यक्रममा २०६९ वैशाख ११ देखि सहभागी भई कार्य सम्पादन गर्दै आएका छन् ।
२०५५ पुस २५ गते सूर्योदय क्लब सम्बद्ध ३ जना युवाहरूको अगुवाइमा सूर्योदय बचत समूहको स्थापना भई २०५७ सालबाट तत्कालिन सहकारी ऐन २०४८ अनुसार २०५७ भाद्र २२ गते जिल्ला सहकारीमा दर्ता भई सहकारीको औपचारिक कारोबार सुरु गरिएको थियो ।
२०५५ साल पुस २५ गते तत्कालीन सूर्योदय युवा क्लबको अगुवाइमा सूर्योदय बचत समूहको रुपमा स्थापना भएको र २०५७ सालमा सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि.को रुपमा स्थापना भएको संस्थामा हाल १० हजार ७४० शेयर सदस्य र करिब २ हजार ८ सय बाल बचत रहेका छन् । शेयर सदस्यहरूको समृद्धिका लागि सीप, प्रतिभा, स्थानीयस्तरमा उपलब्ध श्रोत र साधनको अधिकतम परिचालनको वातावरण निर्माण गरी शेयर सदस्यहरूलाई आत्मनिर्भर एवं स्वावलम्बी बनाउने लक्ष्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार