भाडाको घरमा आगलागी हुँदा भियतनाममा तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १२:३३:१४
२४ पुस, हनोई । भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मङ्गलबार बिहान एउटा भाडाको घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।
मृत्यु हुनेमा ४५ वर्षीया महिला र १५ वर्षीया बालिका रहेका छन् । अर्का एक जना व्यक्तिको भने पहिचान खुलेको छैन। घर आगलागी हुँदा इलेक्ट्रिक बाइक लगायतका अन्य भौतिक सम्पत्ति नष्ट भएको स्थानीय सञ्चारमाध्यम टुओई ट्रे (युवा) ले जनाएको छ ।
सन् २०२३ मा भियतनाममा ३ हजार ४४० वटा यस किसमका आगलागीका घटना घटेका छन् । ती घटनामा जसमा १४६ जना व्यक्तिको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको अग्नि तथा उद्धार प्रहरी विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार