पुर्वाधार समितिलाई कुलमानको जवाफ, ‘महसुल नतिर्ने उद्योगको लाइन काट्ने निर्णयबाट फिर्ता हुन सकिदैन’
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १५:१७:२
२४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने निर्णयबाट प्राधिकरण पछि हट्न नसक्ने बताएका छन् । उनले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएकाहरूले विद्युत महसुल तिर्नुको विकल्प नभएको दावी गरेका छन् ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा घिसिङले अदालत, अख्तियार र अन्य कुनै पनि निकायबाट आएका आदेश र निर्देशन अनुसार डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएकाहरूसँग महसुल उठाउनुको विकल्प प्राधिकरणसँग नरहेको बताए । सबै समिति र नियामक निकायको निर्देशन अनुसार नै प्राधिकरण अघि बढेको उनको भनाइ छ ।
बैठकमा घिसिङले २०७२ देखि २०७५ सालको बीचमा विभिन्न उद्योगहरूले सर्वसाधारण जनताले लोडसेडिङमा रहेको बेला डेडिकेटेड र ट्रंक लाइनको माध्यमबाट दिनमा २४ घण्टा विद्युत उपभोग गरेको बताउँदै त्यो बेला लिएको विद्युतको महसुल तिर्नुपर्ने बताए ।
विगतमा कोभिडको र अन्य कारण देखाएर विद्युत महसुल नतिर्ने उद्योगको विद्युत लाइन नकाटिएको तर अब भने प्राधिकरणसँग महसुल उठाउनुको विकल्प नभएको र महसुल नतिरून्जेलसम्म लाइन काटिने पनि बताए । ’सबै निकाय र अख्तियारले पनि सुझावको रूपमा महसुल उठाउन लेखेर दिएको छ । अब विद्युत प्राधिकरणलाई महसुल उठाउने बाहेक विकल्प छैन, हामी उठाउँछौं,’ उनले भने । विद्युत नियमन आयोगबाट पनि चिठी लेखेर महसुल उठाउन भनेको घिसिङले जानकारी दिए ।
विद्युत सबस्टेसनबाट सिधै उद्योगमा पठाएको डेडिकेटेड लाइन र एउटा सबस्टेसनबाट अर्को सबस्टेसन जाने लाइनको बीचबाट उद्योगलाई दिइएको ट्रंक लाइनको विद्युत उपभोगको महसुल तिराउनका लागि प्राधिकरणले २०७६ सालमा नै पहल लिएको घिसिङको भनाइ थियो । त्यति बेला काठमाडौंलगायतका शहरका अस्पताललगायतका क्षेत्रमा पनि लोडसेडिङको अवस्थामा राख्दा पनि उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत दिइएको उनले उल्लेख गरे ।
डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत लिने २ सय ३९ उद्योग तथा ग्राहकमध्ये १ सय ७८ वटाले महसुल तिरेको तर ६१ उद्योगीले भने महसुल नतिरेको घिसिङले जानकारी दिए । त्यसरी बिल नतिर्ने उद्योगीहरू अदालत पनि गएको तर त्यहाँबाट पनि महसुल नउठाउनु भनेर अदालतबाट आदेश नआएको घिसिङले बताए ।
घिसिङले विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन काट्न लागिएको पनि बताएका छन् । उनले पछिल्लो २ हप्तामा २४ उद्योगको लाइन काटिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार