विभिन्न स्थानबाट १८ किलोभन्दा बढी गाँजासहित चारजना पक्राउ
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १६:४९:३
२४ पुस, काठमाडौं । देशका विभिन्न स्थानबाट १८ किलो ३०० ग्राम गाँजासहित ४ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने ४४ वर्षीया सरिता अर्याललाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय टौडाबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००५ प ६२३० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो र नगद ५ लाख २० हजार ५ सय रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(३ बस्ने २१ वर्षीय पदम बहादुर तामाङ र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय बम बहादुर राई रहेका छन् । प्रहरी चेकपोष्ट कोठुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगदसहित पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका-१० प्याङगाउँबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ बस्ने २८ वर्षीय राम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार