भारतीय शास्त्रीय गायनका हस्ती उस्ताद रासिद खानको निधन
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १७:५५:१२
२४ पुस, काठमाडौं । भारतीय शास्त्रीय गायनका हस्ती उस्ताद राशिद खानको ५५ बर्षको उमेरमा मंगलबार निधन भएको छ । उस्ताद राशिद खान प्रोस्टेट क्यान्सरबाट पीडित राशिदकोे कोलकाताको एक अस्पतालमा उपचार क्रममा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार भेन्टिलेटर र अक्सिजन सपोर्टमा राखिएको राशिदको आज दिउँसो ३ः४५ बजे निधन भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
गत महिना मस्तिष्कघात भएपछि उस्ताद राशिद खानको स्वास्थ्य निकै बिग्रिएको थियो । उनको सुरुमा टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार भएको थियो । त्यसपछि उनले कोलकाताको अस्पतालमा लगिएको थियो ।
उत्तर प्रदेशको बदाऊनमा जन्मेका राशिद खान उस्ताद गुलाम मुस्तफा खानका भतिजा थिए । उनले आफ्नो मामा हजुरबुवा उस्ताद निसार हुसैन खान (१९०९-१९९३) बाट आफ्नो प्रारम्भिक प्रशिक्षण लिए । राशिद खान उस्ताद रामपुर–सहस्वान घरानाका गायक थिए। उनले ११ वर्षको उमेरमा पहिलो स्टेज प्रस्तुति दिएकी थिइन् ।
उस्ताद राशिद खानले शाहिद कपूर र करिना कपूरको फिल्म ’जब वी मेट’का लागि आफ्नो आवाजबाट ’आओगे जब तुम’ को बन्दी सजाउनुभएको थियो, जुन निकै लोकप्रिय भएको थियो। यसबाहेक उनले ‘माई नेम इज खान’, ‘राज ३’, ‘मन्टो’ र ‘शादी मे जरुर आना’ जस्ता फिल्ममा आफ्नो उपस्थितिको जादु फैलाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता
असोज १०, २०८१ बिहिबार
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि
असोज १०, २०८१ बिहिबार
बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी
असोज १०, २०८१ बिहिबार
फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक
असोज १०, २०८१ बिहिबार